राजविराज । मलेसियामा भएको विवादलाई लिएर सप्तरीमा दुई पक्षबीच कुटाकुट हुँदा १० जना घाइते भएका छन् । घाइते हुने एक जना झगडा छोडाउन जाने व्यक्ति हुन् ।
जिल्लाको बिष्णुपुर गाउँपालिका वडा नम्बर ४ मा सोमबार बिहान कुटपिट भएको हो । कुटपिटमा परी इक पक्षका रंजित खंग, राजाराम खंग, भुविन्द्र खंग, रमेश खंग र रामसुनार देवी घाइते भएका छन् ।
यस्तै, अर्काे पक्षका बिनोद खंग, अशोक खंग, सुरजी कुमारी खंग र धर्मदेव मण्डल घाइते भएका छन् ।
यी दुई पक्षबीचको झगडा छोडाउन गएका स्थानीय देबानन्द साह पनि घाइते भएको छ । टाउकोमा चोट लागेका साहको गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घट्नाबारे थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी नरेश कुमार सिंहले जानकारी दिए ।