राजविराज । सप्तरीमा ३२ बर्षीया महिला र १३ बर्षीया बालिकाबीच कुटाकुट हुँदा दुबै घाइते भएका छन् ।
जिल्लाको बलान बिहुल गाउँपालिका वडा नम्बर ५ कोदरकट्टीमा यी दुई जनाबीच कुटाकुट भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, राजविराजका अनुसार बच्चाको बिषयलाई लिएर स्थानीय ओमप्रकाश यादवकी ३२ बर्षीया पत्नी सरो देवी यादव र गंगाराम यादवकी १३ बर्षीया छोरी चन्द्रिका कुमारी यादवबीच कुटपिट भएको हो ।
कुटपिटबाट सरोदेवीको नाक र मुखमा चोट लागेको छ । उनलाई तत्काल उपचारका लागि लहानतर्फ पठाईएको छ ।
यस्तै, चन्द्रिका कुमारी यादवको टाउकोमा चोट लागेको छ । चन्द्रिकाका बुवा ५६ बर्षीय गंगाराम यादवलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाई छ ।