ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

पम्प नहरमा काम गरेका नेपाली भारतीय ठेकेदारको चेपुवामा


पम्प नहरमा काम गरेका नेपाली भारतीय ठेकेदारको चेपुवामा

Loading

राजविराज । कोशी पश्चिमी नहरमा तीन बर्षअघि भएको मर्मत सम्बन्धी काममा लगानी गरेका नेपालीले हालसम्म रकम पाउन सकेका छैनन् । ऋण लिएर नहर खन्ने काममा लगानी गरेका सप्तरीका झन्डै सय जनाले लगानी वापतको रकम पाउन नसकेका हुन् ।

पीडितले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको भारदहमा पत्रकार सम्मेलन गर्दै आफुहरुको लगानी जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखकै कारण रकम पाउन नसकिएको बताए ।

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा र प्रहरी प्रमुख एसपी नरेन्द्र कुमार कार्कीले भारतीय ठेकेदारसँग मिलेर आफुहरुलाई डुबाउन खोजेको बताए ।

सन् २०२० मा भारतको बिहार सरकारको सिंचाइ विभागद्वारा कोशी पश्चिमी नहर खन्नका लागि टेन्डर आह्वान गरिएको थियोे । उक्त टेण्डर एमआरएचईस जेभी हैदरावाद कम्पनीले पाएको थियो । उक्त कम्पनीले त्रिकला इन्डस्टिजलाई पेटीमा काम गर्ने जिम्मेवारी दिएको थियो ।

यो कम्पनीका प्रमुख प्रभात कुमार मिश्रले उक्त कामको जिम्मेवारी भारतको बिहार राज्यस्थित भिमनगगरका राजु सिंहलाई दिइएको थियोे ।

राजुले नेपालका साना ठेकेदारको सहयोगमा नहरको खनेर सफा गर्ने काम गरेका थिए ।

काम सम्पन्न भैसकेपछी बिहार सरकारले एमआरएचईस जेभी कम्पनीलाई निकासा दिएपछि कम्पनीले प्रभात मिश्रलाई काम अनुसारको रकम दिएका थिए । मिश्रले राजुलाई भने रकम नदिदा नेपालमा काम गर्नेहरूले अहिलेसम्म लगानी उठाउन पाएका छैनन् ।

राजु सिंहले नेपालीलाई पेटीमा काम गर्न दिएका थिए । नहरको साढे १७ किलोमिटर खण्डमा नेपालीले पेटीमा काम गर्ने जिम्मेवारी पाएका थिए ।

पेटीमा काम गर्ने रामकुमार मण्डलले नहर खन्ने क्रममा ९७ जना नेपालीको लगानी रहेको बताए ।

उनले काम गरे अनुसारको रकम नपाएपछि भारतीय निर्माण कम्पनीको ३ वटा स्काभेटर नियन्त्रणमा लिएका थिए । तर शुक्रबार प्रहरीले नै एउटा स्काभेटर भारत पुर्याउन सहयोग गरेको पीडितले बताएका छन् ।

’आफूहरूको लगानी नदिएपछि स्काभेटर नियन्त्रणमा लियौं’ पीडित रामकुमारले भने, ’इलाका प्रहरी कार्यालय भारदहमा नेपालीलाई रकम दिएपछि मात्रै फिर्ता गर्ने सहमति भएको थियो । तर त्यस विपरित इलाका प्रहरी कार्यालयका तत्कालीन सइ रामाशिष महतोको सरूवा गराई एउटा स्काभेटर फिर्ता गराइयो ।’

स्काभेटर पठाइएपछी स्थानीय पीडितहरु स्काभेटर राखिएको सशस्त्र प्रहरी बेस क्याम्प घेराउ गरेका थिए । यसपछि तत्काल अब बाँकी रहेको स्काभेटर फिर्ता नपठाइने प्रतिबद्धता प्रहरीले गरेको पीडितले पत्रकार सम्मेलनमा बताए ।

पीडितका अनुसार भारतीय ठेकेदार प्रभात मिश्रसङ रु ३ करोड भारु लिन बाकी छ ।

पीडितले हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ कार्यालयमा २०७९ मंसिर २८ गते रकम तिर्ने सहमति भएपनि त्यो कार्यान्वयन नभएको बताए । २०७९ चैतभित्र रु १ करोड, त्यसको १० दिनपछि १ करोड र यसको १० दिनपछि १ करोड तिरिदिने लिखित सहमति भारतीय ठेकेदार मिश्रले गरेका थिए ।

पीडितहरुले प्रमुख जिल्ला अधिकारी थापा र एसपी कार्कीले नेपालीको रकम फिर्ताका लागि पहल नगरेर भारतीय ठेकेदारलाई सघाएको आरोप लगाए ।

पीडितले आफुहरुको लगानी फिर्ता नभए चरणवद्व आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

प्रमुख जिल्ला अधिकारी थापाले दुबै पक्षमध्ये कसैको पक्षमा आफूहरु प्रयोग नभएको बताए । उनले दुबै पक्षलाई छलफल गराइदिएको बताउँदै नेपालीको पैसा नदिने राजु सिंहलाई तिर्नुपर्ने बताए । थापाले भने, ‘पैसा त राजुलाई दिनुप¥यो । राजुले नदिएपछि उनलाई जेलमा हाल्नुप¥यो नि ! राजुले प्रभासले दिएको छैन त्यसैले दिन्न भन्न मिल्छ ?’

उनले सशस्त्र बेस क्याम्पमा राखिएको स्काभेटर अदालतको आदेशमा पठाउन लगाएको बताए । पहिला अदालतले नेपाली सरहदबाहिर नलग्न आदेश दिएको र अहिले उक्त आदेशलाई परिवर्तन गरेपछि आफूहरुले पठाउन लगाएको बताए ।

आफू गृह मन्त्रालयको आदेश मान्ने भन्दै उनले तथापी पनि आफूले मन्त्रालयलाई नेपालीको पैसा फँसेको भनेर सुनाएको बताए ।

गृहमन्त्रालयले भारतीय दूतासबास र परराष्ट्र मन्त्रालयबाट आवश्यक कार्वाही गर्न पत्र पठाएको भन्दै उनले आफू रकम तिर्ने एउटा वातावरण मिलोस् भन्ने चाहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

करेन्ट लागेर विद्यार्थीको मृत्यु प्रकरण : विद्यार्थीद्वारा सडक अबरुद्ध

Next Post

विश्वकप छनौट क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा, विकेट किपर साउदलाई फर्काइयो

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
विश्वकप छनौट क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा, विकेट किपर साउदलाई फर्काइयो

विश्वकप छनौट क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा, विकेट किपर साउदलाई फर्काइयो

दोस्रो पत्नी भित्र्याउनेलाई पठाइयो कारागार

दोस्रो पत्नी भित्र्याउनेलाई पठाइयो कारागार

सम्पादकीय : गणतन्त्रको अनुभूति दिलाऊ

जेलबाट रिहा भएका रेशम चौधरीले भने–टिकापुरका आन्दोलनकारीको हातमा कुनै हतियार थिएन, लाल आयोगको प्रतिवेदन सार्वजनिक होस्

जेलबाट रिहा भएका रेशम चौधरीले भने–टिकापुरका आन्दोलनकारीको हातमा कुनै हतियार थिएन, लाल आयोगको प्रतिवेदन सार्वजनिक होस्

सप्तरीमा आत्महत्या : २ महिनामा २२ र ३८ महिनामा ३७१ ले लिए आफ्नै ज्यान

राजविराजका एक व्यक्ति झुण्डिएको अवस्थामा मृत भेटिए

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.