ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

माछा रुँग्न मेयरका भान्जालाई नियुक्ति, वडाअध्यक्षकी छोरीलाई पनि जागिर


बढ्यो चिसो, डाक्नेश्वरीका विद्यालयमा विदा

Loading

राजविराज । सार्वजनिक पदमा गएपछि पारिवारिक, आफन्तजनभन्दा सार्वजनिक सरोकारको बिषयमा सोंच्नुपर्छ । तर, सप्तरीको डाक्नेश्वरी नगरपालिकाका मेयर रामलखन मलाह भने निर्वाचित भएकै समयदेखि पारिवारिक मोहमा डुबेका छन् । कहिले छोरी ज्वाइँलाई कर्मचारी बनाउन खोज्ने त कहिले अरुको नाममा राखेको गाडी नगरपालिकामा भाडामा लिने काम गर्दै आएका छन् उनी । पछिल्लो पटक आफ्नै भान्जालाई नगरपालिकामा कर्मचारी भर्ना गराएका छन् ।

परिवार तथा आफन्तलाई कुनै न कुनै पदमा नियुक्त गर्दै आएका मेयर मलाहले आफ्नो भान्जालाई पोखरीको माछा रुँग्न नियुक्ति दिएका छन् । मलाहले आफ्नो नीजि पोखरीमा माछा पालन गरेका छन् । जसलाई रुँग्न उनले भान्जा रामदेव मुखियालाई नियुक्त गरेका छन् ।

मेयर मलाहको वडा नम्बर ८ स्थित पोखरीमा पालिएको माछा रुँग्न भान्जालाई दैनिक ज्यालादारीमा उनले नगरपालिकाको कार्यालयबाट नियुक्त गराएका छन् ।

नगरपालिका श्रोतका अनुसार मेयरले भान्जालाई गत साउनदेखि लागू हुने गरी यो पदमा नियुक्त गरेका छन् ।

उनी कृषि शाखाका प्रमुख रामकिसुन यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएर मनमौजी काम गर्दै आएका छन् ।

भारतमा बिहे भएको वडा अध्यक्षकी छोरीलाई जागिर

मेयर मलाहले आफ्नो भान्जा मात्र होइन्, वडा अध्यक्षका छोरीलाई समेत जागिर उपलब्ध गराएका छन् ।

वडा नम्बर ८ का अध्यक्ष सीताराम पण्डितकी छोरी गंगा पण्डितलाई वडा कार्यालयमा जागिर दिइएको छ । गंगालाई श्रेणीबिहीन पदमा नियुक्त गरिएको छ ।

वडा कार्यालयमा जागिर गरिरहेकी गंगाको भने भारतको बिहार राज्य अन्तर्गत सुपौल जिल्लाको रजैला भन्ने ठाउँमा बिवाह भइसकेको छ ।

आफ्नै भान्जालाई नियुक्त गरिएको सन्दर्भमा बुझ्न खोज्दा मेयर मलाह भने यो बिल्कुलै असत्य भएको दावी गर्छन् । ‘यो गलत, भुठो हो’ उनले भने ।

वडाअध्यक्षकी छोरी गंगालाई अहिले नियुक्त नगरिएको उनी बताउँछन् । ‘पुससम्म श्रेणीबिहीन पदमा तलव खुवाइएको हो’ उनी भन्छन्, ‘त्यसपछि उनलाई नियुक्ति दिइएको छैन् ।’

नगरपालिकाका प्रशासन प्रमुख रमेश प्रसाद साह आफू समक्ष हाजिरी प्रमाणित गर्न पठाउँदा आदेशानुसार गरिदिएको बताए ।

जहिल्यै पनि मनोमानी

मेयर मलाह जहिल्यै पनि मनोमानी गर्दै आएका छन् । आफ्न्तलाई जागिर नहुँदा कर्मचारीलाई सरुवा गराउने काम गर्दै आएका उनले जसरी पनि नियुक्त गर्ने काम गर्दै आएका छन् ।

नेकपा एमालेबाट मेयरमा निर्वाचित मलाहलाई अहिले निमित्त प्रमुख प्रशासकीय अधिकृत राख्न सजिलो छ । कारण, कर्मचारीको सरुवा गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता एमालेकै हुन् ।

मेयरसँगै वडाअध्यक्ष समेतले कर्मचारी नियुक्तिमा आपसी बाँडफाँड गर्दै आएका छन् । यसअघि यस किसिमको फायल सदर गर्न नमानेपछि शाखा प्रमुख नै परिवर्तन गरेका छन् जनप्रतिनिधीले ।

नगरपालिकाका मेयर रामलखन मलाहको छोरी ज्वाई सहितका लाई नियुक्ति गर्न नमानेपछि पालिकाका प्रशासन शाखा प्रमुख उमेश प्रसाद साहलाई वडा कार्यालयमा सरुवा गरिएको छ । नियुक्ति गर्ने सर्तमा उनको ठाउँमा शिक्षा शाखा अधिकृत कृष्ण कुमार यादवलाई ल्याईएको थियो । तर, यादवले समेत काम गर्न नमान्दा उनको ठाउँमा रमेश प्रसाद साहलाई ल्याइएको छ ।

नगरपालिकाले पदपुर्तिका लागि २०८० चैत्त २२ गते रोजगार संयोजक लगायतका पदमा सूचना निकालेर परीक्षा लिने तयारी गरेको थियो । तर, मेयर सहितका जनप्रतिनिधीहरुले निकालेको विज्ञापन अनुसार आपसी बाँडफाँड गरेपछि कर्मचारी र जनप्रतिनिधी बिच विवाद बढेको पालिका स्रोतले जनाएको छ ।

तत्कालिन प्रमुख प्रशासकीय अधिकृत कुन्दन कुमार कर्णले जनप्रतिनिधीको आफन्त र छोरा छोरीलाई नियूक्ति गर्न नमानेपछि मेयर मलाहले पशु अधिकृत रामकिसुन यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएर आफ्नो कामलाई सजिलो बनाउँदै आएका छन् ।

कर्मचारी भर्नाका लागि गरेको विज्ञापनको पदलाई बाँडफाँड गरेर रोजगार संयोजकमा मेयर मुखियाले तिरहुत गाउँपालिका १ निवासी आफ्नै छोरी ज्वाइँ तथा अन्य पदमा उनकै सहयोगी सकलदेव मंडल र बलराम साहलाई कम्प्युटर अपरेटर पदमा, कार्यापालिका सदस्य समेत रहेका वडा नम्बर–३ का वडा अध्यक्ष भागेश्वर यादवका छोरी ममता यादवलाई अहेव तथा उनकै छोरा पंकज यादवलाई सहायक कम्प्यूटर अपरेटर पदमा नियुक्त गर्ने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरी : महिलासँग जवरजस्ती करणी गरेर भिडियो बनाउने पक्राउ

Next Post

लोसपा र नागरिक उन्मुक्तिका नेताहरु मुक्ति क्रान्तिमा प्रवेश

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
लोसपा र नागरिक उन्मुक्तिका नेताहरु मुक्ति क्रान्तिमा प्रवेश

लोसपा र नागरिक उन्मुक्तिका नेताहरु मुक्ति क्रान्तिमा प्रवेश

अवाञ्छित एवं कानुन विपरित होली मनाए कार्वाही गर्ने प्रशासनको चेतावनी

६ महिनाम‌ै सप्तरीका सीडीओकाे सरूवा, नयाँ सीडीओ दाहाल आउने

खेलाडीलाई आत्मनिर्भर बनाउनुपर्छ : पूर्व मन्त्री यादव

खेलाडीलाई आत्मनिर्भर बनाउनुपर्छ : पूर्व मन्त्री यादव

राजविराजबाट साइकल जुलुस निकालिने

राजविराजबाट साइकल जुलुस निकालिने

तलव माग्दै विद्यालय बन्द गरी हनुमाननगरका शिक्षक धर्नामा

तलव माग्दै विद्यालय बन्द गरी हनुमाननगरका शिक्षक धर्नामा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.