राजविराज । मधेश प्रदेशका पूर्व शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादवले खेलाडीलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड् दिएका छन् ।
राजविराजमा संचालित अन्तर हब टि–ट्वान्टी महिला क्रिकेट प्रतियोगिताको शनिबार समापन गर्दै यादवले उक्त कुरा बताएका हुन् ।
खेल र खेलाडीमा सरकारले जसरी लगानी गर्नुपर्ने हो त्यो गर्न नसकिएको बताउँदै उनले खेलाडीलाई आत्मनिर्भर नबनाएसम्म खेल र खेलाडी मजबुत हुन नसक्ने बताए । ‘खेलाडीलाई आत्मनिर्भर बनाउँदै बीमा र पेन्सनको व्यवस्था समेत गर्नुपर्छ’ उनले भने, ‘नभै कसरी खेलाडीले आफ्ना परिवारको भरणपोषण गर्दै खेल खेल्न सक्छन् ?’
खेलले समाज र राष्ट्रलाई परिचित गराउने गरेको र यसमा खेलाडीकै भूमिका बढी हुने गरेको बताउँदै उनले खेलाडीका लागि राज्यले सोंच्नुपर्ने बताए ।
आफू मन्त्री खेलाडीका लागि यस्ता योजनाहरु अघि बढाएको बताउँदै उनले प्रदेश सरकारले जीवनयापन गर्न खेलाडीलाई सक्षम बनाउने गरी काम गर्ने विश्वास दिलाए ।