राजविराज । सप्तरी प्रहरीले बोक्सी आरोप मुद्दामा फरार रहेकी एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका वडा नम्बर ४ लालापट्टी बस्ने रसिदनी खातुनलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।
४३ बर्षीया खातुनलाई घरबाटै पक्राउ गरी सप्तरी जिल्ला अदालतमा बुझाइएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
लालापट्टीकै अलिबक्स मियाँकी पत्नी ७४ बर्षीया जहरा खातुनको जाहेरीले वादी नेपाल सरकार भएको बोक्सी मुद्दामा रसिदनी फरार थिइन् ।