राजविराज । दशैंको टीका सकिएको तीन हप्तापछि तिहार हामीमाझ आउन लागेको छ । पहिला दशैंको टीकाबारे चर्चा गरौं । संस्कृतिविदहरुका अनुसार टिकामा रहेका सिन्दुर आर्य संस्कृतिको प्रतिक हो भने अक्षता –चामल) मंगोल संस्कृतिको द्योतक हो । टीका आर्य र मंगोल संस्कृति र प्रजातिहरुको समन्वयलाई दर्शाउँदछ । हाम्रो देशको खासगरी पर्वतीय भेगलाई उक्त दुबै संस्कारहरुको एकबद्धताको उदाहरण भन्न सकिन्छ । यस भेगमा खरो मगराती प्रजातिहरु र साथै दुबैको –मंगोल तथा आर्य) सम्मिश्रण खस प्रजातीहरु धेरै बसोबास गर्छन् । मानवशास्त्रीहरुका अनुसार नेपाल भूमीलाई आर्य र मगरको मिलनस्थल हो ।
यो दशैंको २० दिनपछिको चाड दीपावली÷तिहार आएको छ । दीपावली अर्थात दियो बाल्ने पर्व । घर आँगनमा दियो बाल्दै हामी धनको देवी महालक्ष्मीलाई स्वागत गर्दछौं ।
लक्ष्मी जगतका पालनहार भगवान बिष्णुको अर्धाङिनीको हिन्दू धर्मशास्त्रमा उल्लेख छ । धनबिना प्रभूले पनि जगत पालन गर्न सक्दैनन् भने गृहस्थले कसरी परिवार चलाउन सक्छन् । धर्मलाई बिष बुझ्ने बामपन्थीहरुको मसिहा कार्ल माक्र्सले पनि मुद्रा सर्वाेपरी हो भनेका छन् । उनले भनेका छन्, ‘ःबततभच क्ष्क त्जभ क्गउचझभ च्भबष्तिथ’ अर्थात् धन पहिलो आवश्यक्ता हो ।
धन बिना कुनै कुरा सम्भव छैन् । त्यसैले हामी हिन्दु मूर्तीपूजकहरु माता लक्ष्मीको मूर्ती स्थापित गरी दीपावली गरी यो चाड मनाउँदछौं । लक्ष्मी देव र दैत्यहरुको नागपासबाट गरिएको समुन्द्र मन्थन मार्फत् प्रकट भएकी थिइन् । लक्ष्मी देवराज इन्द्रको अंशमा परिन् । देवराजले लक्ष्मीलाई भगवान बिष्णुलाई अपैण गरे । धन रत्नकी देवी संसार÷सृष्टि पालनका लागि नभइकन नहुने थिइन् ।
दीपावली मर्यादा पुरुषेत्तम श्रीरामका कथासित पनि जोडिएको छ । १४ बर्षको वनबासपछि सीता माता, लखनजी, हनुमानजी र बाँधदर–भालुको सेना इष्टमित्रसहित भगवान श्रीराम आफ्नो राज्य अयोध्या फर्केपछि अवधबासीहरु साँझपख दीप प्रज्जवलन गरी हर्ष मनाएका थिए । आज पनि दीपावली त्यसै दिनको सम्झना गरी मनाइन्छ ।
हामी सम्पत्तिवान धनी व्यक्तिहरुलाई लक्ष्मीपात्र भन्दछौं । लक्ष्मी÷धन सबैखाले प्रगति र विकासको मुहान हो । त्यसैले हामी धनलाई प्राथमिकता दिएका हुन्छौं । धनपछि स्वास्थ्य र अरु कुराहरु आफैं प्राप्त हुने कुराहरु छन् ।
स्वास्थ्य ः बर्षा याममा जलजमावले गर्दा पर्यावरण प्रदूषित हुन्छ अनि सुक्ष्म जीवाणुहरु वायु अर्थात् हावामा व्याप्त हुन्छ । हामी दियो प्रज्जवलित गरेर जीवाणु÷किटानुहरुको स्वाहा गर्दछौं । हवन–पूजाहरु गरेर वातावरण शुद्धी गरिन्छ । जीवन स्वास्थ्यप्रद बनाइन्छ ।
दीपावलीको बिहान सुक्राती गरिन्छ । गाउँमा दीपावलीका राति हुक्काहुक्की गरिन्छ । आगोको लुका बनाएर घुमाइन्छ । हुक्का हुक्कीको बिहान मनाइने सुक्राती दिन सुँगुरलाई घिसार्दै गोरुहरुलाई त्यसको पछाडि दौडाएर मर्न लगाइन्छ । यो परापूर्वकालदेखि नै चल्दै आएको चलन हो । सुँगुरलाई अपवित्र बुझ्नेहरुबाट गोरुधन जोगाउने प्रयास हो ।
दीपावलीका केहि विकृतिहरु ः
१. गुण र दोष एउटै सिक्काका दुई वटा पाटाहरु छन् । पहिला दीपावली परम्परागत तबरले ठूला सहनाई बजाउँदै मनाइन्थ्यो । अब त्यो परम्परा हराउँदै गएको छ । त्यो आजावको कम्पनले सर्प, विच्छुजस्ता बिषाालु जन्तुहरु मानवबास त्यागी आ–आफ्ना दूलोमा गई पस्थे । जंगली आदमखोर जनावर पनि घोर जंगलतिर लाग्दथे । अहिलेको दीपावलीमा ठूलो आवाजको पटकाहरु पड्काइन्छ । यसले खतरासहित ध्वनी प्रदूषण सृजना गर्दछ । बिजुलीबाट बिभिन्न किसिमको चिम बालिन्छ । यसबाट संक्रमण गर्ने किटानुहरुको नाश हुँदैन् । यस किसिमका प्रकाशले संक्रमण गर्ने किटानुलाई नजिक तान्दछ ।
अर्काे कुरा दीपावलीमा चर्काे ध्वनी आउने गरी लाउडस्पिकर बजाउने गरिन्छ । यसले व्यक्तिको स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको हुन्छ ।
२. दीपावलीमा जुवा (द्युत क्रिडा) खेल्ने ठूलो दोष हो । हाम्रो हिन्दू धर्म कथा महाभारतमा पाण्डवहरुले पाञ्चाली द्रोपतिसित आफ्ना समस्त हारेको उदाहरणलाई लिन सकिन्छ । जुवाबाट सकुनीजस्तो कुटिल पासावाजले प्रशय पाउँदछन् ।
राज्यको अंग प्रहरी–प्रशासनको संरक्षणमा त्यहाँ द्युत क्रिडा हुँदै गरेको छ । यसलाई सरकारले नियन्त्रण गर्नु जरुरी छ । कारण, दीपावलीमा जुवाकै कारण धेरैको दिवाला हुदे गर्दछ ।
उपरोक्त महा चाडपछि आउँछ छठ पर्व । जसको आफ्नै प्राकृतिक र पर्यावरणीय स्वास्थ्यप्रद महत्व छ ।
हाल महालक्ष्मीसहित बिष्णुको अर्चना गरौं । हे लक्ष्मीपतिे, जगतपते, चराचरपते, पाहिमाम्–३ । लक्ष्मी चंचल हुन्छिन् ।
एक कवी भन्छन्, ‘पुरुष पुरातनकी बधु क्यो न चंचला होय ।
दीपावलीमा सर्वे भवन्तु सुखीनः, सर्वेसन्तु निरामया । (जय नेपाल)