ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

धोती, बिहारी र मस्र्या आदि हेप्नेविरुद्ध कसुर र सजाय कायम गर्न विधेयक दर्ता


धोती, बिहारी र मस्र्या आदि हेप्नेविरुद्ध कसुर र सजाय कायम गर्न विधेयक दर्ता

Loading

जनकपुरधाम, २० माघ ।

प्रतिनिधिसभा सदस्य डा.सिके राउतले जाति, रङ्ग, क्षेत्र, भेषभूषा, राष्ट्रियता वा उत्पत्तिमा आधारित भेदभाव कसुर र सजाय सम्बन्धी गैरसरकारी विधेयक सङ्घीय संसदमा दर्ता गराएका छन् ।

देशका उत्पीडित, उपेक्षित र बहिष्करण तथा विभेदमा परेका समुदायको अस्तित्व, गरिमा र प्रतिष्ठामाथि आँच पुग्नेगरी प्रहार भइरहेका र त्यसविरुद्ध कसुर गर्ने शक्तिशाली तथा वर्चस्ववादी समुदायका व्यक्तिले उन्मुक्ति पाउँदै गरेका बेला जनमत पार्टीका अध्यक्षसमेत रहेका डा.राउतले दर्ता गराएका सो गैरसरकारी विधेयकलाई महत्त्वपूर्ण मानिएको छ ।

केही समयअघि मात्र नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सको सहभागिता, पराजय र विजयका सन्दर्भमा सिङ्गो मधेशी समुदाय नै मानमर्दन हुनेगरी आपत्तिजनक टिप्पणी गरिएका थिए । तर, सो प्रकरणमा कसैलाई कुनै सजाय भएन । हकअधिकारका लागि सङ्घर्ष गर्ने तथा विभिन्न आन्दोलन एवम् अभियानका नेतृत्व गर्ने मधेशी, जनजाति, आदिवासी, दलित, मुस्लिम आदि सीमान्तकृत समुदायका व्यक्तिमाथि भने वर्षौदेखि जाति, रङ्ग, क्षेत्र, भेषभूषा, राष्ट्रियता वा उत्पत्तिका आधारमा भेदभाव हुँदैआएको छ ।

जनतालाई प्रतिनिधित्व गर्ने र कानुन निर्माण गर्ने संसद्का दुवै कार्य एवम् जिम्मेवारीसँग जोडिएका गैरसरकारी विधेयकको अभ्यास सरकारलाई जनताका चासो र अधिकारप्रति जिम्मेवार बनाउन तथा सरकारउपर व्यवस्थापकीय नियन्त्रण कायम गर्न प्रयोग गरिन्छ । संसद्मा सरकारकै बहुमत रहने हुँदा गैरसरकारी विधेयक संसद्बाट पारित हुन कठिन भए पनि त्यस्ता विधेयकको सरकारले नै स्वामित्व ग्रहण गर्ने सम्भावना रहन्छ । गैरसरकारी विधेयकमार्फत विधेयकभित्रको अन्तर्वस्तुबारे जनतामा गम्भीर बहस सिर्जना हुने र कानुन बनाउन सरकारमाथि दबाब सिर्जना हुने गर्दछ ।

सो गैरसरकारी विधेयक दर्ता गराएपछि जनमत अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य डा.राउतको सचिवालयले संसद्बाट विधेयक पारित भए धोती, बिहारी, मस्र्या आदि भनेर हेपेमा सजाय हुने स्थिति बन्ने उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

कलेज जाँदै गरेकी बालिकाको हात तोड्दै बलात्कार गरेको आरोपमा युवक पक्राउ

Next Post

डाँका मुद्दामा शेख पक्राउ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

डाँका मुद्दामा शेख पक्राउ

दाजुको हत्या आरोपमा २० बर्षपछि भाइ पक्राउ

दाजुको हत्या आरोपमा २० बर्षपछि भाइ पक्राउ

सिटी तथा अटोरिक्सा दर्ता नगरे राजविराजमा संचालन गर्न नपाइने

सिटी तथा अटोरिक्सा दर्ता नगरे राजविराजमा संचालन गर्न नपाइने

सप्तरी प्रहरीको चाडपर्व लक्षित सुरक्षा कार्य योजना–घट्नाको सूचना पाए लगत्तै ५ देखि ७ मिनेटभित्रमा पुग्ने

सप्तरीबाट ७ क्वीन्टलभन्दा बढी गाँजा बरामद

कर्मचारी युनियन र संगठन, सप्तरीमा दोहोरिए अध्यक्ष

कर्मचारी युनियन र संगठन, सप्तरीमा दोहोरिए अध्यक्ष

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.