ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

‘दलितका निम्ति पर्याप्त बजेट विनियोजन अझै भएको छैन’


‘दलितका निम्ति पर्याप्त बजेट विनियोजन अझै भएको छैन’

Loading

राजविराज । दलित सरोकार मञ्च नेपाल सप्तरीले वितेका तीन आर्थिक वर्षका नीति, कार्यक्रम र बजेटको अध्ययन गर्दै दलित समुदायको पहुँचबारे अनुसन्धान गरेको छ । मधेश प्रदेशका २२ पालिकामा दलित समुदायको अवस्थाबारे गरिएको अध्ययनले दलितका निम्ति पर्याप्त बजेट विनियोजन हुन नसकेको देखाएको उक्त संस्थाले जनाएको छ ।

अध्ययन गरिएकामाध्ये छ वटा पालिकाका कार्यपालिका र सरोकारवालाहरूसँग छलफल गरिसकेको संस्थाका कार्यकारी निर्देशक भोला पासवान बताउँछन् ।

उनका अनुसार अध्ययन प्रतिवेदनमा सप्तरीको सुरुङा, धनुषाको जनकपुरधाम र बाराको करैयामाई नगरपालिकामा बजेट अभाव, योजना निर्माणमा सहभागिताको कमी र नीति कार्यान्वयनका चुनौतीहरू उजागर भएका छन् ।

सुरुङा नगरपालिकाकी प्रमुख गीता चौधरीले संघीय सरकारले तोकेअनुसार दलित समुदायका लागि पर्याप्त बजेट विनियोजन हुन नसकेको बताइन् । बिहीबार आयोजित कार्यक्रममा उनले बजेटको सीमितता, आन्तरिक स्रोतको अभाव र बीच अवधीमा माथिबाटै बजेट कटौती हुने समस्याले दलित लक्षित योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको स्वीकारिन् ।

दलित सरोकार मञ्च नेपालले आयोजनामा गरेको कार्यक्रममा सुरुङाका प्रमुख प्रशासकीय अधिकृत सुनिलकुमार पासवानले अध्ययनले नीति निर्माणमा सहयोग पु¥याउने बताए ।

दलित अधिकारकर्मी दिपेन्द्र पासवानले दलित सशक्तीकरणका लागि बजेट अपुग रहेको गुनासो राखे ।

स्थानीय इन्द्र रामले दलित समुदायलाई उठिबास गराउने प्रवृत्ति रोक्न पालिकाले ठोस कदम चाल्नुपर्ने बताए ।

कार्यक्रममा केदार विश्वकर्माले दलित बालबालिकाको शिक्षामा पालिकाले ध्यान दिनुपर्ने बताए ।

जातीय विभेद तथा छुवाछूत अनुगमन समिति, सुरुङ्गाकी संयोजक फुलोकुमारी रामले समितिको प्रभावकारिता बढाउन पालिका नेतृत्वले विशेष प्राथमिकता दिनुपर्ने बताइन् ।

दलित सरोकार मञ्च नेपालका कार्यकारी निर्देशक पासवानले बजेट र दलित समुदायबीचको दूरी कम गर्न अध्ययन गरिएको बताए ।

जनकपुर उपमहानगरपालिकामा दलित समुदायलाई बजेट निर्माणका कुनै पनि चरणमा सहभागी नगराइनु कानुन विपरीत भएको दलित अगुवाहरू बताउँछन् ।

वडा नम्बर ८ की सदस्य मुन्नी दासका अनुसार कार्यपालिका सदस्यहरूले निर्णय गर्दा दलितको परामर्श लिदैनन् । संविधानले सबै नेपाली समान भए पनि व्यवहारमा दलित समुदाय उपेक्षित रहेको उनी बताउँछिन् ।

नेपाल महिला संघकी सामाजिक परिचालक किरणदेवी दासले दलितबीचको एकताको अभावले समस्या थपिएको बताइन् ।

दलित अगुवा सुनिता मेस्तरले नागरिकता र जन्म प्रमाणपत्रजस्ता आधारभूत अधिकारबाट दलित समुदाय अझै वञ्चित रहेको उल्लेख गरिन् । विशेषगरी मेहत्तर समुदायको अवस्था झन् दयनीय रहेको उनले बताइन् ।

वडाध्यक्ष दीपेन्द्रकुमार साहले स्रोत–साधन प्राप्त गर्न दलित समुदाय पनि सक्रिय हुनुपर्ने बताए । कार्यपालिका सदस्य सन्जु दासले दलितका लागि बजेट विनियोजन नगर्नु अन्यायपूर्ण रहेको बताइन् ।

जनकपुर उपमहानगरपालिकाको विगत तीन वर्षको बजेट अध्ययनको निष्कर्ष प्रस्तुत गर्दै दलित सरोकार मञ्चका मनीष कोइरालाले दलित समुदायलाई प्राथमिकता नदिइएको देखिएको बताए ।

बाराको करैयामाई नगरपालिकाका दलित अधिकारकर्मीहरूले आगामी बजेट दलितमैत्री हुनुपर्नेमा जोड दिएका छन् । पालिकाको सभाहलमा आयोजित कार्यक्रममा विभिन्न वक्ताहरूले दलित समस्या बजेट प्राथमिकतामा नपरेकोमा चिन्ता व्यक्त गरे । स्थानीय दलित अगुवा राजेश पासवानका अनुसार संविधानमै दलितहितका प्रावधान थोरै रहेको छ, त्यसमा पनि पालिकाले कार्यान्वयन नगरेको गुनासो छ ।

वडा नं. १ का वडाध्यक्ष सोनालाल साहले दलित समुदाय आफैं पनि सेवा सुविधाका लागि सक्रिय हुनुपर्ने बताए । वडा नं. ८ का वडाध्यक्ष दिनेशले शिक्षामा बढी ध्यान दिन सके दलित समुदायको स्तर उकासिने बताए ।

प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र महतोले स्रोत सीमित भएकाले सबै क्षेत्रमा पर्याप्त बजेट दिन नसकिएको बताए ।

जातीय विभेद तथा छुवाछूत अनुगमन समितिका संयोजक दीपक पासवानले दलित समुदायभित्रकै आन्तरिक विभाजनले पनि समस्या थपिएको बताए ।

करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भुप्रसाद यादवले दलितका लागि पर्याप्त बजेट छुट्याउन नसके पनि शुरुवात गरिएको बताए ।

कार्यक्रमका निष्कर्ष प्रस्तुत गर्दै दलित सरोकार मञ्चका मनीष कोइरालाले पालिकाले दलित समुदायका लागि विनियोजन गरेको बजेट अझै अपुग रहेको देखिएको बताए । कार्यक्रममा ६० जनाभन्दा बढी सहभागी थिए ।

यसअघि मञ्चले सप्तरीको कञ्चनरुप नगरपालिका, सिरहाको धनगढीमाई नगरपालिका लगायतका स्थानमा पनि छलफल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

केआईआईटी कलेजका दोषीलाई कार्वाही गर्न माग गर्दै प्रदर्शन

Next Post

जनमतले भन्यो–कृषि विश्वविद्यालयमा दोषी देखिएका रजिष्ट्रारलाई लोसपा अध्यक्ष ठाकुरले बर्खास्त गर्न दिइरहेको छैन

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
मधेश प्रदेश सरकारबाट जनमतले लियो समर्थन फिर्ता

जनमतले भन्यो–कृषि विश्वविद्यालयमा दोषी देखिएका रजिष्ट्रारलाई लोसपा अध्यक्ष ठाकुरले बर्खास्त गर्न दिइरहेको छैन

दलित समुदायमाथि भइरहेका घटनामा निष्पक्ष अनुसन्धान गर्न मञ्चको माग

दलित समुदायमाथि भइरहेका घटनामा निष्पक्ष अनुसन्धान गर्न मञ्चको माग

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

कुम्भ स्नान गरी फर्किदैं गरेका सप्तरीका तीनसहित चार जनाको दुर्घटनामा परी निधन

२० बुँदे माग राख्दै मलाह जातिको रिले अनशन पाँचौ दिन निरन्तर 

लुकाइएको कृषि विश्वविद्यालयको छानबिन प्रतिवेदन : नियुक्ति प्रकृया गलत र जथाभावी आर्थिक कारोबार

मधेश कृषि विश्वविद्यालयमा लागेको ताला खुल्यो, तलव दिन मधेश सरकारसँग सर्वपक्षीय बैठकको आग्रह

मधेश कृषि विश्वविद्यालयमा लागेको ताला खुल्यो, तलव दिन मधेश सरकारसँग सर्वपक्षीय बैठकको आग्रह

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.