![]()
राजविराज । भूमि समस्या समाधान आयोग, जिल्ला समिति सप्तरीको सदस्यमा अनवर अली नियुक्त भएका छन् ।
जिल्लाकाे बोदेबर्साइन नगरपालिका वडा नम्बर २ बस्ने अलीलाई मन्त्रीस्तरको २८ फागुनको निर्णय अनुसार नियुक्त गरिएको हो ।
भूमि समस्या समाधान आयोग गठन आदेश, २०८१ को दफा ८ को उपदफा (१) को खण्ड (च) वमोजिम नियुक्त गरिएको भुमि ब्यबस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले जनाएको छ ।
यो आयोगको सप्तरी अध्यक्षमा अखिलेश झा, विज्ञ सदस्यमा पंचदेव चाैधरी र महिला सदस्य नानू चौधरी नियुक्त भइसकेका छन् ।











