![]()
राजविराज । सप्तरीमा एसईई दिने परीक्षार्थीले परीक्षा केन्द्रमा मोवाइल बोक्न नपाउने भएका छन् । कसैको मोवाइल भेटिए जफत गरिने र परीक्षार्थीलाई हलबाट निष्कासन समेत गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालयले मंगलबार एक सूचना जारी गर्दै परीक्षा केन्द्रमा विद्यार्थीको प्रवेश पत्रबाहेक मोवाइल, स्मार्ट वाच, विद्युतिय क्यालकुलेटर, पुस्तक, गाइड, गेसपेपर लगायत चिटिङ सामग्रीहरु पूर्ण रुपमा निषेध गरिएको जनाइएको छ।
प्रशासकीय अधिकृत मोना झाद्वारा जारी सूचनामा जिल्ला परीक्षा समन्वय समितिको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको उल्लेख गरिएको छ ।
एसईई परीक्षा चैत ७ गतेदेखि हुन गइरहेको छ ।












