![]()
राजविराज । सप्तरीमा नाबालिकासँग जर्वजस्ती करणी गरेको आरोपमा एक जना नाबालक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर ३ लक्ष्मीपुरका १६ बर्षीय नाबालक छन् ।
सुुरुङ्गा नगरपालिका ३ स्थित लक्ष्मीपुर वन क्षेत्रमा नावालिकासँग जर्वजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतले बताए ।
गत १३ बैशाखमै नाबालिकासँग जर्वजस्ती करणी गरेर फरार भएका उनलाई २७ बैशाखमा पक्राउ गरी सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराई अन्य अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।












