ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरी : दाजु नाता पर्नेद्वारा नै महिलासँग सामूहिक बलात्कार


सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

Loading

दिपेन्द्र पासवान

सुरुङ्गा । सप्तरीमा एक महिलासँग दाजु नाता पर्नेले नै सामूहिक बलात्कार गरेको घट्ना बाहिरिएको छ ।

जिल्लाको सुरुङ्गा नगरपालिका वडा नम्बर ११ की ती दलित महिलासँग दाजु पर्नेले नै बलात्कार गरेका हुन् ।

बलान बिहुल नगरपालिका वडा नम्बर १ बलानपट्टीका ५० बर्षीय चन्देश्वर सदा र सोही ठाउँका ४५ बर्षीय रामदेब सदाले ३५ बर्षीया ती महिलासँग जवर्जस्ती करणी गरेका हुन् ।

यी दुबै जनाले गत शुक्रबार राति ‘तिम्रो आमा बिरामी छ, त्यहीं भएर लिन आएको छु’ भन्दै महिलालाई साथमा लिई जाँदै गर्दा बिहुल खोला पुग्नेवित्तिकै एक्कासी लडाएर करणी गरेको महिलाको भनाई छ ।

जर्वजस्ती करणीमा संलग्न दुबैलाई स्थानीयको सहयोगमा नियन्त्रणमा लिई प्रहरीमा बुझाइएको छ । प्रहरीले जर्वजस्ती करणी मुद्दामा सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई अन्य अनुसन्धान गरिरहेको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

आमाकै चामल चोरी गरी आमा बिरामीको नाटक

जर्वजस्ती करणीमा संलग्न दुबैले पीडित महिलाकी आमाको सोही दिन चामल चोरी गरेका थिए । घरमा रहेका ४ किलो चामल चोरी गरी त्यसलाई बेचेर सुरुङ्गा नगरपालिका महिलाको घर पुगेका थिए ।

महिलाको घरमा आएर ‘तिम्रो आमा बिरामी छ, मुखबाट रगत निस्किदैंछ । शायद बाँच्दैनन् होला । अन्तिम पटक मुख हेर्न बोलाएको छ, जसरी पनि जानै पर्छ’ भनेका थिए ।

ती महिलाले यहिं भनेर आफूलाई झुक्याएर लगेको बताइन् ।

आमाको बारेमा यस्तो दुःखद खबर आएपछि कुन छोरी जाँदैनन्’ उनले भनिन्, ‘झन् आफ्नै नातेदार लिन आएपछि रातिको वास्ता नगरी हिंडिहाले ।’

आमालाई कतिखेर हेर्ने भन्ने लागिरहेको थियो ती महिलालाई । ‘तर बिहुल खोला पुग्ने बितिकै दुबैले जर्वजस्ती लडाएर दुबैले पालैपालो जर्वजस्ती करणी गरे’ रुँदै ती महिलाले सविस्तार बताइन् ।

राती अबेला हिडेको आमा हजुरआमाको घर पुगे कि पुगेनन् भनेर महिलाका छोराले फोनमा सोधे । तर, फोनको उत्तर सुनेर महिलाको परिवार झसंग भए । पीडित महिलाकी आमाले भनिन्, ‘म त कुनै बिरामी परेको छैन् ।’

यो जानकारी पाएपछि पीडित महिलाका छोराछोरीले स्थानीयबासी केहि व्यक्ति समेतलाई लिएर खोज्न हिंडे । घरबाट करिब एक किमी दक्षिण पर्ने बिहुल खोला निर पुग्दा आमालाई उनीहरुले देखेनन् । तर, आमालाई लिन आएका दुई जनालाई भाग्दै गरेको देखेपछि घटनामा संलग्न चन्देश्वरलाई समात्न सफल भए । भागिसकेका रामदेबलाई उनको घरबाटै स्थानीयले नियन्त्रणमा लिए । र, भोलिपल्ट शनिबार बिहान करिब ८ः ०० बजे ईलाका प्रहरी कार्यालय कडरबोनाको जिम्मा लगाइएको सुरुङ्गा नगरपालिका वडा नम्बर ११ का अध्यक्ष रामकुमार चौधरीले बताए ।

सप्तरी प्रहरीका प्रबक्ता बस्नेतका अनुसार पक्राउ परेका दुबैबिरुद्ध आईतबार जिल्ला अदालतबाट म्याद थप गराएर अन्य अनुसन्धान शुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

बन्द गर्ने भनेर पुनः माथिल्लो कक्षा चलाउनेबिरुद्ध कार्वाही प्रकृया अगाडि बढाइयो

Next Post

सप्तरी कांग्रेसले क्षेत्रिय सभापतिको शोकमा तीन दिनसम्म पार्टीको आधा झण्डा झुकाउने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
नेपाली कांग्रेस, सप्तरीको कार्यालय तीन दिनसम्म बन्द रहने

सप्तरी कांग्रेसले क्षेत्रिय सभापतिको शोकमा तीन दिनसम्म पार्टीको आधा झण्डा झुकाउने

मधेश बुझ्न १६ जना विदेशी विद्यार्थी सप्तरी आइपुगे

मधेश बुझ्न १६ जना विदेशी विद्यार्थी सप्तरी आइपुगे

नयाँ एसपी केसीले भने-जिल्लाबाट भाग्नु नपरोस्, नभगाइयोस

नयाँ एसपी केसीले भने-जिल्लाबाट भाग्नु नपरोस्, नभगाइयोस

नगरस्तरीय ब्याडमिन्टन प्रतियोगितामा उमेश र हिरानन्दको जोडीलाई उपाधि

नगरस्तरीय ब्याडमिन्टन प्रतियोगितामा उमेश र हिरानन्दको जोडीलाई उपाधि

मधेश बुझ्न १६ जना विदेशी विद्यार्थी सप्तरी आइपुगे

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.