राजविराज नगरपालिकामा एक बालिकासँग सामुहिक बलात्कारको घटना बाहिरिएको छ ।
नगरपालिकाको वडा नम्बर ११ झलहीका एक अन्दाजी १५ बर्षकी दलित बालिकासँग जवर्जस्ती करणी भएको हाे ।
बुधबार राति घर अगाडि उभिरहेकी ती बालिकालाई चार जना युवाकाे समूहले उठाएर लगी जवर्जस्ती करणी गरेको परिवारजनको भनाई छ । राति ८ बजेतिर बालिकालाई लगि बिहानपख घरमा छाडेको परिवारका सदस्यले इग्रीन मधेशसँग बताएका छन् ।
परिवारजनले घटनाबारे जानकारी गराए लगतै संलग्न रहेका एक युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतले बालिकाको परिवारले जानकारी दिएपछि एक युवकलाई नियन्त्रणमा लिइएको बताए । यद्यपि पीडित परिवारको तर्फबाट हालसम्म जाहेरी नआएको बताए । ‘जाहेरी आएपछि हामी अनुसन्धान र मुद्दा दर्ताको प्रक्रियामा जान्छौं’ इ ग्रीन मधेशसँग उनले भने ।












