![]()
राजविराज । राष्ट्रिय मुक्ति पार्टी नेपालले पदाधिकारी चयन गरेको छ । अध्यक्षमा राजेन्द्र महतो कायम छन् ।
पदाधिकारीमा सप्तरीका दुई जना परेका छन् । युवा नेता केशव झा महासचिव र गजेन्द्र मण्डल सह महासचिवमा चयन भएका छन् ।
तीन जना वरिष्ठ उपाध्यक्षमा क्रमशः पर्वतकी कमला कुमारी गुरुङ, सर्लाहीका रामनरेश राय यादव र काठमाडौंका सुमन सायमी चयन भएका छन् । चार जना उपाध्यक्षमा सिरहाका कौशल कुमार सिंह, धनुषाका डा. राजीबकुमार झा, धादिङका राजेन्द्र प्रसाद पाठक र रुपन्देहीका ओमप्रकाश यादव गुलजारीलाई राखिएको छ ।
महासचिवमा पाँच जना छन् । सप्तरीका केशव कुमार झा, सिन्धुपाल्चोकका मिङमार तामाङ, पाँचथरका रमेश योङहाङ, सुनसरीका सन्तोष कुमार मेहता र सिरहाका अनिल कुमार महासेठ महासचिवमा चयन भएका छन् ।
कोषाध्यक्षमा काठमाडौंका नरेन्द्र बज्राचार्य, सह कोषाध्यक्षमा काठमाडौंका शिवभक्त रञ्जितलाई राख्दा प्रबक्ताद्वयमा रबिन्द्र कुमार श्रेष्ठ र महोत्तरीका रमण कुमार पाण्डेयलाई राखिएको छ ।
सह महासचिवमा काठमाडौंका रबीन्द्र कुमार श्रेष्ठ, मोरंगका चन्द्र प्रकाश राजबंशी, रौतहटका जयलाल साह, पर्साका निजामुद्दिन समानी, कपिलवस्तुका रबीदत्त मिश्रा र पश्चिम रुकुमका राजेश पुन मगरलाई राखिएको छ ।












