![]()
गंगा साह
भारदह । सप्तकोशी नदीको सबै ५६ वटै ढोका खोलिएको छ ।
पानीको बहाब तिब्र भएपछि सबै ढोका खोलिएको हो ।
आज बिहान १० बजे गरिएको मापन अनुसार ४ लाख ८६ हजार ७६० क्युसेक प्रती सेकेन्ड बहाब रहेको छ ।
खतराको तह पार गरेसँगै काेशी व्यारेजकाे पुल भएर आवतजावतमा राेक लगाइएको छ ।
काेशी नदीमा बाढी आएपछि सप्तरीसँगै उदयपुर र सुनसरीका नदी तटीय क्षेत्र उच्च जोखिममा परेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले ती क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन भन्दै एसएमएस पठाइएको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले जानकारी दिएका छन् ।












