![]()
राजविराज । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत आगामी निर्वाचनका लागि सप्तरीको तीन क्षेत्रबाट सिफारिस भएका छन् ।
जनमत पार्टीको क्षेत्र नम्बर १, २ र ३ बाट उनी सिफारिस भएका हुन् । फागुन २१ गते तोकिएको निर्वाचनका लागि अध्यक्ष राउतलाई यस पटक तीन क्षेत्रबाट सिफारिस गरिएको उक्त पार्टीले जनाएको छ ।
डा. राउत २०७९ को निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । उनी जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरी निर्वाचित भएका थिए ।
क्षेत्रिय समितिहरुको बैठकले उनलाई उम्मेदबार सिफारिस गरेको हो । १ नम्बर क्षेत्रमा डा. राउतसहित उनका दाजु पार्टीका संगठन विभाग प्रमु्ख डा. जयकान्त राउत पनि सिफारिस भएका छन् ।
जयकान्त २०७९ को निर्वाचनमा पराजित भई दोस्रो स्थानमा रहेका थिए ।
यस्तै, पार्टीको क्षेत्र नम्बर ३ बाट पनि अध्यक्ष राउत सिफारिस भएका छन् । यो क्षेत्रबाट डा. राउतसहित सुरेन्द्र मधेशी, प्रदेश सभा सदस्य शम्भु साह, योगानन्द साह, रामकुमार ठाकुर र निरंजन साहलाई उम्मेदबार सिफारिस गरिएको पार्टीका जिल्ला इन्चार्ज रामगमन साहले जानकारी दिए ।












