ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

दीपेन्द्र झाको पार्टी प्रवेश ः पहिलो गाँसमै ढुँगा


दीपेन्द्र झाको पार्टी प्रवेश ः पहिलो गाँसमै ढुँगा

Loading

मधेश सम्वाददाता
राजविराज, १८ भदौ ।
मधेश प्रदेशको मुख्य न्यायाधिबक्ताको पदबाट राजीनामा दिएर दीपेन्द्र झा जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् । उनलाई पार्टी अध्यक्ष उपेन्द्र यादवले फूलमाला र गमछा लगाइदिएर स्वागत गरे ।
पार्टीमा प्रवेश गरेका झालाई भने पहिलो गाँसमै ढुँगा देखियो । उनी बोल्न शुरु गर्दा मंच तलबाट जसपा कार्यकर्ताकै हुटिंग भयो । कतिपयले हल्ला नै गर्न थाले । उनीहरुले पार्टीमा झा आएकोमा बिरोध नै गरे ।
यद्यपी बोल्नबाट झा रुकेनन् । उनी आधा भन्दा बढी समय जसपा कार्यकर्ताले गरेको बिरोधमै बोल्न खर्चिए । ‘मलाई बोल्न दिनुहुन्न, अंकुश लगाउनुभयो भने ठीक हुँदैन्’ झाले भने, ‘घर प्रवेश गर्ने मान्छेलाई दरबाजामा रोकिदैन्, दुव्र्यबहार गरिदैन ।’
आफू समाजसेवा र वकालत छोडेर जसपा प्रवेश गरेको भन्दै झाले सार्वजनिक कार्यक्रममा बोल्न अंकुश लगाइदिनु लोकतन्त्रका लागि राम्रो नभएको बताए । ‘सबै जना बोल्दै हुनुहुन्छ । मलाई पनि बोल्ने मौका दिनुहोस् । म बोल्दा बीच बीचमा म्यूनिजक बजाएर डिस्टर्ब नगर्नुस्’ उनले भने ।
सारा क्यारियर, सारा परिवार छोडेर आफू पार्टीमा आएको भन्दै उनले त्यहीं भएर कुनै पनि संघर्ष गर्न तयार रहेको पनि बताए ।
एनले अगाडि भने, ‘म पार्टीमा आएर के अन्याय गरे ? म राजनीति गर्न खोजेको हुँ मेरो के गल्ती भयो ?’
आफू कुनै पद लिनका लागि नआएको र यस क्षेत्रको विकास गर्न भिजनसहित आएको झाले बताए । ‘यस क्षेत्रको सडक बन्नुप¥यो । शिक्षा, स्वास्थ्यको सुनिश्चितता हुनुपर्यो’ उनले भने ।
आफू राजनीतिमा बच्चा भएको र राजनीति सिकाइदिन उनले अग्रजसँग आग्रह गरे ।
‘यदी मबाट कुनै गल्ती भएको भए, म प्रवेश गर्दा कसैलाई तकलिफ भएको भए क्षमा चाहन्छु’ उनले भने ।
आफ्नो लागि पार्टी अध्यक्षजीको निर्देशन बाणजस्तो हुने भन्दै झाले अध्यक्षज्यूले जसरी भन्नुहुन्छ त्यसरी नै गर्ने बताए । ‘राजनीतिमा आफ्नो भविष्य हेर्छु । नसके आफ्नो हातको वकालत छँदैछ त्यहीं गर्छु’ उनले भने ।
मुख्य न्यायाधिबक्ता पदबाट राजीनामा दिएर जसपा प्रवेश गरेका झा महोत्तरी क्षेत्र न्म्बर ३ बाट प्रतिनिधीसभाको चुनाव लड्ने लक्ष्य राखेका छन् । झाले आफू त्यसकै निम्ति राजीनामा दिएको बताए ।
यो क्षेत्रबाट २०७४ को निर्वाचनमा लोसपा अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका थिए । जसपाबाट टिकट लिएर लडने लक्ष्य राखेका छन् । यद्यपी टिकटकै बिषयलाई लिएर पार्टी नेता हरिनारायण यादव पक्षका कार्यकर्ताले बिरोध गरेका छन् । यादव पक्ष नवप्रवेशीलाई टिकट दिन नहुने बताएका छन् । एक कार्यकर्ताका अनुसार उनलाई पार्टीमा ल्याएर टिकट दिने र पुरानोलाई पाखा लगाउने काम गरेपछि सामान्य हो हल्ला भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सिरहामामा एक साताभित्रै करेन्ट लागेर तीन जनाको मृत्यु

Next Post

कांग्रेसका प्रदेश सभापति प्रदेश सभामै चुनाव लड्ने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post

कांग्रेसका प्रदेश सभापति प्रदेश सभामै चुनाव लड्ने

धनुषामा कांग्रेस बैठकमा कुटाकुट

लोसपा सचेतक अरगरिया पुनः धनुषा–२ बाट चुनाव लड्ने

लोसपा सचेतक अरगरिया पुनः धनुषा–२ बाट चुनाव लड्ने

भारदहमा शुरु भयो विद्युत महसुल बुझाउने काउन्टर

भारदहमा शुरु भयो विद्युत महसुल बुझाउने काउन्टर

दुई दिवसीय कार्यक्रमको आयोजना गर्दै सप्तरीमा निजामति दिवस मनाइने

दुई दिवसीय कार्यक्रमको आयोजना गर्दै सप्तरीमा निजामति दिवस मनाइने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.