मधेश सम्वाददाता
जनकपुरधाम, १८ भदौ ।
आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि धनुषा क्षेत्र नम्बर २ का लागि उम्मेदवार चयन गर्न बसेको नेपाली कांग्रेस क्षेत्रीय समितिको बैठकमा कुटाकुट भएको छ ।
औरही गाउँपालिकामा बसेको बैठकमा उम्मेदवार चयनको विषयमा पूर्व सांसदद्वय रामकृष्ण यादव र मुक्ता यादवका समर्थकबीच कुटाकुट भएको हो । रामकृष्ण कांग्रेस नेता रामचन्द्र पौडेल र मुक्ता सभापति शेरबहादुर देउवा गुटमा छन् ।
रामकृष्ण पक्षले मुक्ताको नाम प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गर्न नचाहेका कारण बैठकमा चर्काचर्की भएको थियो । सोही क्रममा कुटाकुट भएको बताइएको छ । कुटाकुटपछि उम्मेदवार सिफारिस हुन नसकेको बताइएको छ ।