मधेश सम्वाददाता
राजविराज, १८ भदौ ।
नेपाली कांग्रेस, मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादव प्रदेश सभाबाट चुनाव लड्ने भएका छन् ।
पार्टीको रौतहट क्षेत्र नम्बर १ ‘ख’ ले शनिबार उनको नाम सर्वसम्मतले सिफारिस गरेको छ । यहीं क्षेत्रबाट चुनाव लड्नका लागि उनको एकल रुपमा नाम सिफारिस गरिएको कांग्रेस प्रदेश प्रचार–प्रसार प्रमुख नितेश गुप्ताले जानकारी दिए ।
यो क्षेत्रबाट ५ जनाको नाम समानुपातिकमा सिफारिस गरिएको छ । प्रचारप्रसार विभाग प्रमुख गुप्ता, चिरन्जिवी सिंह, सन्तु प्रसाद यादव, प्रकाश सिहसहितकाको नाम सिफारिस गरिएको छ ।