ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Tuesday, May 5, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

Loading

मधेश सम्वाददाता
राजविराज, ११ माघ ।
सप्तरी प्रहरीले अदालतबाट कैद र जरिवाना तोकिएपछि फरार रहेका २२ जनालाई एकै दिन पक्राउ गरेको छ । पक्राउ पर्नेमा १८ जना एकै वडाका छन् ।
जिल्लाको कंचनरुप नगरपालिका वडा नम्बर ११ का १६ जनालाई वन पौदार मुद्दामा र अन्य ठाउँका अन्य मुद्दाका ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कंचनरुप नगरपालिकाका ४९ बर्षीय शम्भु चौधरी, ४८ बर्षीय श्रीराम चौधरी र ५१ बर्षीय शान्ति भनिने सन्तु सरदारलाई वन पैौदार मुद्दामा पक्राउ गरिएको छ । अदालतले यी तीनै जनालाई रु ५ हजारका दरले जरिवाना र ५ महिना २० दिन कैद तोकेको प्रहरीको भनाई छ ।
सोही मुद्दामा रु ७३० जरिवाना र ६ महिना कैद तोकिएका सोही ठाउँका ३९ बर्षीय महेन्द्र चौधरी, ५० बर्षीय जुगाई सरदार पनि पक्राउ परेका छन् ।
कंचनरुप ११ कै ५१ बर्षीय देबु सरदार, ५१ बर्षीय नेमचन चौधरी, ५९ बर्षीय नोथनी सरदार, ६१ बर्षीय बुद्धिलाल सरदार, ४० बर्षीय आशाराम सरदार, रामप्रसाद सरदार, ४९ बर्षीय सित कुमार सरदार, ५९ बर्षीय कारीबहादुर चौधरी, ४० बर्षीय जयराम सरदार र ६७ बर्षीय सुकदेव चौधरी वन पौदार मुद्दामै समातिएका छन् । यो मुद्दामा सप्तरी जिल्ला अदालतले यी व्यक्तिलाई रु २ हजार जरिवाना र ६ महिना कैद हुने फैसला सुनाएको प्रहरीले जनाएको छ ।
लुटपिट मुद्दामा कंचनरुप नगरपालिका ११ बाटै दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ६५ बर्षीय बिनय कुमार चौधी र ६७ बर्षीय योगेन्द्र चौधरी छन् । यी दुबैलाई जिल्ला अदालतले लुटपिट मुद्दामा रु १ हजार ९५ जरिवाना गरेको प्रहरीको भनाई छ ।
जिल्लाको राजगढ गाउँपालिकाबाट जालसाज मुद्दामा अदालतबाट जरिवाना तोकिएका ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गाउँपालिकाको वडा नम्बर ३ बस्ने ५० बर्षीय रामदेव मोची, २९ बर्षीय राजकुमार राम, डिस्को भनिने इनरजित पासवान र बैजनाथ राम छन् । जालसाज मुद्दामा यी चारै जनालाई अदालतले रु १२५ का दरले जरिवाना गरेको प्रहरीले जनाएको छ ।
आफ्नै घरआँगनबाट पक्राउ परेका उनीहरुलाई बुधबार सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी नरेश सिंहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

आत्मदाह र आत्महत्याको घट्नाले देश नै लज्जित ः सप्तरी कांग्रेस

Next Post

जरिवाना मिनाहा नगरिए आन्दोलनमा उत्रने सप्तरीका जनप्रतिनिधी र उम्मेदबारको चेतावनी

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
जरिवाना मिनाहा नगरिए आन्दोलनमा उत्रने सप्तरीका जनप्रतिनिधी र उम्मेदबारको चेतावनी

जरिवाना मिनाहा नगरिए आन्दोलनमा उत्रने सप्तरीका जनप्रतिनिधी र उम्मेदबारको चेतावनी

राजविराजमा ‘स्वेता ट्रेडर्स एण्ड सप्लायर्स’ शाेरुम काे शुरुवात

राजविराजमा ‘स्वेता ट्रेडर्स एण्ड सप्लायर्स’ शाेरुम काे शुरुवात

लामिछानेको गयाे संसद र मन्त्री पद

लामिछानेको गयाे संसद र मन्त्री पद

आत्महत्या गरेका रामदेव मरिककाे ऋण पालिकाका जनप्रतिनिधिले तिरिदिने, उपलब्ध गराए क्रिया खर्च

आत्महत्या गरेका रामदेव मरिककाे ऋण पालिकाका जनप्रतिनिधिले तिरिदिने, उपलब्ध गराए क्रिया खर्च

राजविराज जेसीजको बर्ष २०२३ का लागि छानिएका पदाधिकारीले गरे पदस्थापना

राजविराज जेसीजको बर्ष २०२३ का लागि छानिएका पदाधिकारीले गरे पदस्थापना

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.