ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, May 16, 2025
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

आत्महत्या गरेका रामदेव मरिककाे ऋण पालिकाका जनप्रतिनिधिले तिरिदिने, उपलब्ध गराए क्रिया खर्च


आत्महत्या गरेका रामदेव मरिककाे ऋण पालिकाका जनप्रतिनिधिले तिरिदिने, उपलब्ध गराए क्रिया खर्च

Loading

राजविराज, १४ माघ । ऋण तिर्न नसकेकै कारण आत्महत्या गरेका सप्तरीको छिन्नमस्ता गाउँपालिका निवासी रामदेब मरिकको ऋण पालिकाका जनप्रतिनिधिले तिरिदिने भएका छन् ।
छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष बिद्यानन्द चौधरीको नेतृत्वमा गएका जनप्रतिनिधि शनिबार मरिकको घरमा पुगि उक्त आश्वासन दिएका हुन ।
सहकारीको ऋण तिर्न नसकेको भन्दै गत मंगलबार छिन्नमस्ता २ बस्ने मरिकले झुन्डिएर आत्महत्या गरेका थिए ।
आत्महत्या गरेका मरिककाे परिवारकाे जिम्मा रहेकाे ऋण जनप्रतिनिधि मिलेर तिरिदिने गाउँपालिका अध्यक्ष चौधरीले बताए ।
शनिबार गएको जनप्रतिनिधिले मरिकको परिवारलाई खाद्यान्न, क्रिया खर्च पनि उपलब्ध गराएका छन । अध्यक्ष चाैधरीले मृतकको छाेराकाे जागिरका लागि पनि पहल गर्ने बताए ।
गत बैशाखमा २० वर्षीय जेठो छोरा राजकुमार मरिकको भारतबाट विवाह गरेका रामदेवले त्यसबेला गाउँमै ब्याजमा ऋण लिएका थिए । त्यसले पनि नपुग्ने देखेपछि श्रीमती उर्मिलादेवीलाई वित्तीय संस्थामा आबद्ध गराउँदै उर्मिलादेवीको नाममा ०७८ मंसिर १३ मा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाबाट ९० हजार ऋण लिएका थिए । किस्ता चुक्ता गर्दै अहिले ४४ हजार ३ सय ३२ रुपैयाँ साँवा र २ सय ७१ रुपैयाँ ब्याज तिर्न बाँकी छ ।
हरेक महिनाको ९ गते वित्तीय संस्थाको किस्ता तिर्नुपर्नेमा सोमबार उर्मिलादेवी समूहको बैठकमा नगएपछि संस्थाका कर्मचारी र समूहका सदस्य किस्ता लिन घरमै आएको र किस्ता तिर्ने पैसा नभएपछि रामदेवले श्रीमती उर्मिलालाई मेरो पति घरमा छैन भनेर सुनाइदिन अह्राएका थिए ।
तर, मंगलबार जसरी भए पनि किस्ता बुझाउनु भनेर गएपछि रामदेव सोमबार साँझदेखि नै गाउँमा ऋण खोज्न थालेका थिए । रामदेवले कर्जा चुक्ता गर्न नसक्दा तनावमा रहेका कारण आत्महत्या गरेको परिवारजनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

लामिछानेको गयाे संसद र मन्त्री पद

Next Post

राजविराज जेसीजको बर्ष २०२३ का लागि छानिएका पदाधिकारीले गरे पदस्थापना

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजविराज जेसीजको बर्ष २०२३ का लागि छानिएका पदाधिकारीले गरे पदस्थापना

राजविराज जेसीजको बर्ष २०२३ का लागि छानिएका पदाधिकारीले गरे पदस्थापना

तिलाठीमा शुरु भयो कुस्ती प्रतियोगिता

तिलाठीमा शुरु भयो कुस्ती प्रतियोगिता

मिथिला कपको चौथो संस्करण

मिथिला कपको चौथो संस्करण

बर्तमान सरकारले राम्रो गर्न सकेन ः माधव नेपाल

बर्तमान सरकारले राम्रो गर्न सकेन ः माधव नेपाल

प्रेस सेन्टरको स्थापना दिवसमा सांसद कर्णद्धारा शैक्षिक सामग्री बितरण

प्रेस सेन्टरको स्थापना दिवसमा सांसद कर्णद्धारा शैक्षिक सामग्री बितरण

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

नाबालिकासँग जर्वजस्ती करणीको आरोपमा नाबालक पक्राउ

सरकार ढल्ने हल्ला चल्दै गर्छ : गृहमन्त्री लेखक

सरकार ढल्ने हल्ला चल्दै गर्छ : गृहमन्त्री लेखक

अहिलेका प्रधानमन्त्रीलाई ३/३ महिनामा विश्वासको मत लिन जानुपर्दैन : गृहमन्त्री लेखक

अहिलेका प्रधानमन्त्रीलाई ३/३ महिनामा विश्वासको मत लिन जानुपर्दैन : गृहमन्त्री लेखक

बढ्यो चिसो, डाक्नेश्वरीका विद्यालयमा विदा

डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा दायर

विद्यालयको भवन शिलान्यास : बजेट प्रदेश सरकारको, व्यानर पार्टीको

विद्यालयको भवन शिलान्यास : बजेट प्रदेश सरकारको, व्यानर पार्टीको

महायज्ञमा आगलागी, मुख्य मण्डप जलेर खरानी

महायज्ञमा आगलागी, मुख्य मण्डप जलेर खरानी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
[email protected]

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.