ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

आत्महत्या गरेका रामदेव मरिककाे ऋण पालिकाका जनप्रतिनिधिले तिरिदिने, उपलब्ध गराए क्रिया खर्च


आत्महत्या गरेका रामदेव मरिककाे ऋण पालिकाका जनप्रतिनिधिले तिरिदिने, उपलब्ध गराए क्रिया खर्च

Loading

राजविराज, १४ माघ । ऋण तिर्न नसकेकै कारण आत्महत्या गरेका सप्तरीको छिन्नमस्ता गाउँपालिका निवासी रामदेब मरिकको ऋण पालिकाका जनप्रतिनिधिले तिरिदिने भएका छन् ।
छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष बिद्यानन्द चौधरीको नेतृत्वमा गएका जनप्रतिनिधि शनिबार मरिकको घरमा पुगि उक्त आश्वासन दिएका हुन ।
सहकारीको ऋण तिर्न नसकेको भन्दै गत मंगलबार छिन्नमस्ता २ बस्ने मरिकले झुन्डिएर आत्महत्या गरेका थिए ।
आत्महत्या गरेका मरिककाे परिवारकाे जिम्मा रहेकाे ऋण जनप्रतिनिधि मिलेर तिरिदिने गाउँपालिका अध्यक्ष चौधरीले बताए ।
शनिबार गएको जनप्रतिनिधिले मरिकको परिवारलाई खाद्यान्न, क्रिया खर्च पनि उपलब्ध गराएका छन । अध्यक्ष चाैधरीले मृतकको छाेराकाे जागिरका लागि पनि पहल गर्ने बताए ।
गत बैशाखमा २० वर्षीय जेठो छोरा राजकुमार मरिकको भारतबाट विवाह गरेका रामदेवले त्यसबेला गाउँमै ब्याजमा ऋण लिएका थिए । त्यसले पनि नपुग्ने देखेपछि श्रीमती उर्मिलादेवीलाई वित्तीय संस्थामा आबद्ध गराउँदै उर्मिलादेवीको नाममा ०७८ मंसिर १३ मा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाबाट ९० हजार ऋण लिएका थिए । किस्ता चुक्ता गर्दै अहिले ४४ हजार ३ सय ३२ रुपैयाँ साँवा र २ सय ७१ रुपैयाँ ब्याज तिर्न बाँकी छ ।
हरेक महिनाको ९ गते वित्तीय संस्थाको किस्ता तिर्नुपर्नेमा सोमबार उर्मिलादेवी समूहको बैठकमा नगएपछि संस्थाका कर्मचारी र समूहका सदस्य किस्ता लिन घरमै आएको र किस्ता तिर्ने पैसा नभएपछि रामदेवले श्रीमती उर्मिलालाई मेरो पति घरमा छैन भनेर सुनाइदिन अह्राएका थिए ।
तर, मंगलबार जसरी भए पनि किस्ता बुझाउनु भनेर गएपछि रामदेव सोमबार साँझदेखि नै गाउँमा ऋण खोज्न थालेका थिए । रामदेवले कर्जा चुक्ता गर्न नसक्दा तनावमा रहेका कारण आत्महत्या गरेको परिवारजनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

लामिछानेको गयाे संसद र मन्त्री पद

Next Post

राजविराज जेसीजको बर्ष २०२३ का लागि छानिएका पदाधिकारीले गरे पदस्थापना

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजविराज जेसीजको बर्ष २०२३ का लागि छानिएका पदाधिकारीले गरे पदस्थापना

राजविराज जेसीजको बर्ष २०२३ का लागि छानिएका पदाधिकारीले गरे पदस्थापना

तिलाठीमा शुरु भयो कुस्ती प्रतियोगिता

तिलाठीमा शुरु भयो कुस्ती प्रतियोगिता

मिथिला कपको चौथो संस्करण

मिथिला कपको चौथो संस्करण

बर्तमान सरकारले राम्रो गर्न सकेन ः माधव नेपाल

बर्तमान सरकारले राम्रो गर्न सकेन ः माधव नेपाल

प्रेस सेन्टरको स्थापना दिवसमा सांसद कर्णद्धारा शैक्षिक सामग्री बितरण

प्रेस सेन्टरको स्थापना दिवसमा सांसद कर्णद्धारा शैक्षिक सामग्री बितरण

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.