ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

तिलाठीमा शुरु भयो कुस्ती प्रतियोगिता


तिलाठीमा शुरु भयो कुस्ती प्रतियोगिता

Loading

मधेश सम्वाददाता
राजविराज, १४ माघ ।
प्रत्येक सरस्वती पूजाको अवसर पारेर सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिकामा आयोजना गरिने कुस्ती प्रतियोगिता शनिबारदेखि शुरु भएको छ ।
स्व. साकेतचन्द्र मिश्रको स्मृती एवं सम्मानमा १३ औं अन्तराष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिता तिलाठी कोइलाडी गाउँपलिका १ तिलाठीस्थित गाउँपालिका कार्यालयको छेउमा शुरु भएको हो ।
शनिबार भएको दुई प्रतिस्पर्धामध्ये पुरुषतर्फको प्रतिस्पर्धामा नेपाली र महिलातर्फ भारतीय कुस्तीवाज विजयी भएका छन् ।
पुरुषतर्फ नेपालका राहुल थापाले भारतको झारखण्ड राज्यका हलचल सिंहलाई हराए । जितेका थापा भने नवलपरासीका हुन् ।
महिलातर्फ भारत हरियाणाकी कंचनले भारतकै .बिहारकी पुनमलाई हराइन् ।
यसअघि एक भव्य समारोहबीच शहीद शाकेतकी आमा चपलादेवीले प्रतियोगिताको उद्घाटन गरिन् ।
पञ्चायती ब्यवस्थाबिरुद्धको आन्दोलनमा २०४२ सालमा ज्यान गुमाएका स्व. मिश्रको स्मृती एवं सम्मानमा आयोजित प्रतियोगिताको आयोजना गरिएको हो ।
बसन्त पञ्चमीको अवसर पारेर पछिल्लो १३ वर्षदेखी तिलाठीमा नियमित सरस्वती पूजा तथा मेला समितिद्वारा अन्तराष्ट्रिय स्तरको कुस्ती प्रतियोगिताको आयोजना गरिदै आएको छ ।
सरस्वती पूजा, मेला तथा प्रतियोगिता मूल आयोजक समितिका अध्यक्ष अजितकुमार मिश्र पप्पुले परमपरागत रुपमा हुँदै आएको कुस्ती खेलप्रति अहिले पनि जनमानसमा निकै लोकप्रियता रहेको बताए ।
अध्यक्ष मिश्राको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण मण्डल, वडा अध्यक्ष दिनेश्वर मिश्र, स्वं. मिश्रका भाई शैलेशचन्द्र मिश्र, राकेश मिश्र, मिन्टु मिश्र, नरेशचन्द्र मिश्र, पत्रकार महासंघका सभापति श्रवण देव लगायतको उपस्थिति रहेको थियो ।
चार दिनसम्म चल्ने प्रतियोगितामा नेपाल तथा छिमेकी राष्ट्र भारतका १८ महिला र ४२ पुरुष खेलाडी सहभागी रहेको आयोजक समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजविराज जेसीजको बर्ष २०२३ का लागि छानिएका पदाधिकारीले गरे पदस्थापना

Next Post

मिथिला कपको चौथो संस्करण

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
मिथिला कपको चौथो संस्करण

मिथिला कपको चौथो संस्करण

बर्तमान सरकारले राम्रो गर्न सकेन ः माधव नेपाल

बर्तमान सरकारले राम्रो गर्न सकेन ः माधव नेपाल

प्रेस सेन्टरको स्थापना दिवसमा सांसद कर्णद्धारा शैक्षिक सामग्री बितरण

प्रेस सेन्टरको स्थापना दिवसमा सांसद कर्णद्धारा शैक्षिक सामग्री बितरण

सरकारी स्तरबाटै वैदेशिक रोजगारमा पठाउने व्यवस्था गर्न माग

सरकारी स्तरबाटै वैदेशिक रोजगारमा पठाउने व्यवस्था गर्न माग

रोमाञ्चक खेलमा छिन्नमस्ता १ रनले विजयी

रोमाञ्चक खेलमा छिन्नमस्ता १ रनले विजयी

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.