ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Tuesday, May 5, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सरकारी स्तरबाटै वैदेशिक रोजगारमा पठाउने व्यवस्था गर्न माग


सरकारी स्तरबाटै वैदेशिक रोजगारमा पठाउने व्यवस्था गर्न माग

Loading

मधेश सम्वाददाता
राजविराज, १५ माघ ।
आप्रवासी हकहित संजाल, सप्तरीले वैदेशिक रोजगार व्यवसायीहरुको व्यवस्था खारेज गरी सरकार जीटूजी सम्बन्धी व्यवस्था मिलाई सरकारीस्तरबाटै पठाउने व्यवस्थाको माग गरेको छ ।
आईतबार प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा मार्फत् प्रधानमन्त्री, गृहमन्त्री, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र मधेश प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन–पत्र पठाउँदै संजालले यस्तो माग गरेको हो ।
ज्ञापनमा कोभिड पश्चात वैदेशिक रोजगारीको नाममा भइरहेको चरम ठगी तथा बेचबिखनका घट्नाहरु देखिन आएकोले प्रहरीमा सशक्त वैदेशिक रोजगार सेलको स्थापना गरी यसको नियन्त्रण तथा न्याय प्रदान गर्ने कामको लागि आग्रह गरिएको छ ।
स्थानीय तहहरुमा श्रम तथा रोजगार शाखा कायम गरी आप्रवासी कामदार तथा तीनका परिवारको हकहितका लागि आधिकारिक सूचना तथा जानकारी प्रदान गर्न, समस्यामा परेका कामदारलाई सहयोग, वैदेशिक रोजगारीका क्रममा मृत्युवरण गरेका व्यक्तिका बालबालिकालाई छात्रबृत्ति, पुर्नस्थापना लगायतको व्यवस्था गर्न पनि ज्ञापनमा माग गरिएको छ ।
वैदैशिक रोजगारीका क्रममा ज्यान गुमाउने र अंगभंग भएका कामदारका परिवारलाई जिविकोपार्जनको आधार सृजना, उद्यमशिलता विकास तालिम, प्रविधि र पूँजीसहितको विशेष कार्यक्रमहरुको व्यवस्था गर कार्यान्वयन हुनुपर्ने माग ज्ञापनमा गरिएको छ ।
यस्तै, ज्ञापनमा वैदेशिक रोजगारीबाट फर्केर आएका युवासँग भएको शीप र व्यवसायीक ज्ञानहरुको पहिचान गर्ने, प्रवद्र्धन गरी रोजगारी सृजन ागर्ने वातावरण मिलाउन, वैदेशिक रोजगारमा जाने युवालाई बिना धितो ऋण उपलब्ध गराउन विप्रेषणको उत्पादनमूलक प्रयोगका लागि सहजीकरण गर्न माग गरिएको छ ।
त्यस्तै, ज्ञापनमा खोजी रिक्रुटमेन्ट सर्भिस प्रालिले १९ जनालाई ठगी गरेको भन्दै ती कम्पनीलाई तत्काल कानुन अनुसार कार्वाही गर्न माग गर्दै पीडित आप्रवासी युवाहरुलाई यथासिघ्र न्याय प्रदान गर्न माग गरिएको छ ।
प्रेम प्रसाद आचार्यलाई आत्मदाह गर्न विवश गराइएका पीडकहरुको खोजी तथा छानबिन गरी कानुन अनुसार कार्वाही गरी उनको परिवारको भरणपोषणको व्यवस्था मिलाउन माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

प्रेस सेन्टरको स्थापना दिवसमा सांसद कर्णद्धारा शैक्षिक सामग्री बितरण

Next Post

रोमाञ्चक खेलमा छिन्नमस्ता १ रनले विजयी

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
रोमाञ्चक खेलमा छिन्नमस्ता १ रनले विजयी

रोमाञ्चक खेलमा छिन्नमस्ता १ रनले विजयी

तोपा बजारमा कर्मचारी शहीद प्रभुको शालिक स्थापना

तोपा बजारमा कर्मचारी शहीद प्रभुको शालिक स्थापना

होस् नपुर्याउँदा आगो लागेपछि …

होस् नपुर्याउँदा आगो लागेपछि ...

१७ बर्षीया नेपाली बालिकासँग विवाह गरेर जाँदै गरेका भारतीय पुरुष र महिला पक्राउ

१७ बर्षीया नेपाली बालिकासँग विवाह गरेर जाँदै गरेका भारतीय पुरुष र महिला पक्राउ

भ्रष्टाचार दिनप्रतिदिन बढ्दै ः प्रतिवेदन

भ्रष्टाचार दिनप्रतिदिन बढ्दै ः प्रतिवेदन

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.