ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, May 23, 2025
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

एसएलसी पास नगरेका नेताले विद्यावारिधी गरेका विद्धानको क्षमताको अबमूल्यन गरिरहेका छन् : डा. भट्ट


एसएलसी पास नगरेका नेताले विद्यावारिधी गरेका विद्धानको क्षमताको अबमूल्यन गरिरहेका छन् : डा. भट्ट

Loading

राजविराज । लघुकथामा विद्यावारिधी (पिएचडी) गर्ने नेपालका एक मात्र व्यक्ति डाक्टर पुष्करराज भट्टले राज्यले साहित्य क्षेत्रलाई जुन ढँगले हुर्नुपर्ने त्यसरी हेर्न नसकेको बताएका छन् । एक जना एसएलसी पास नगरेका नेताले विद्यावारिधी गरेका विद्धानको क्षमताको अबमूल्यन गरिरहेको उनको भनाई छ ।

राजविराज आएका डा. भट्टले पत्रकारसँग कुरा गर्दै यस्तो गुनासो गरेका हुन् । ‘भारत या अन्य देशले राष्ट्रिय प्रतिभा पुरस्कार अथवा राष्ट्रको ठूलो पुरस्कार दिन्छ । ती देशमा एउटा सम्मान दिन्छ एउटा सुरक्षा दिन्छ । जीवन ज्यूने ग्यारेन्टी दिन्छ । साहित्यकारलाई समाजमा सम्मानित स्थान दिन्छ’ उनले भने, ‘तर नेपालमा यस्तो अवस्था छैन् ।’

डा. भट्टले आफू पनि राष्ट्रिय प्रतिभा पुरस्कार पाएको बताए । ‘‘एउटा कार्यक्रममा पुरस्कार दिन्छ त्यसपछि म¥यो कि बाँच्यो भनेर राज्यले हेर्देन्’ उनले भने ।

राज्यका निकायमा जसको बल चल्छ उसैलाई पद दिने गरिएको बताउँदै उनले पार्टीको समर्थन छ भन्दैमा राज्य नियन्त्रित कार्यक्रम गर्न दिइने गरेको बताए ।

प्रदेशको निकायमा पनि प्रज्ञा प्रतिष्ठान गठन भइरहेको र त्यसको प्रमुख मुख्यमन्त्रीलाई बनाइरहेको उल्लेख गर्दै उनले भने, ‘जसलाई साहित्यको कुनै ज्ञान नै छैन् । उनीहरु हरेक क्षेत्रमा ठूलो हुनुपर्ने । राष्ट्रमा योगदान दिने साहित्यकार, कलाकार छैन् ?’

राज्यले औपचारिकताका लागि मात्रै सम्मान गर्ने गरेको तर जीवनको ग्यारेन्टी के ? भन्दै उनले प्रश्न गरे ।

एक जना एसएलसी पास नगरेका नेताले विद्यावारिधी गरेका विद्धानको क्षमताको अबमूल्यन गरिरहेको भन्दै उनले राज्यले राजनीतिले मात्रै देश बन्दैन् भन्ने कुरा बुझ्नुपर्ने बताए । ‘देश बन्नका लागि बौद्धिक सम्पतिको संरक्षण हुनुपर्छ । बौद्धिक व्यक्तिहरुको योगदानलाई राज्यको पक्षमा उपभोग गर्न सक्ने सामथर््य नराखिएसम्म देश पछि नै रहन्छ ।’

देशमा लेखकका कृति, सामग्रीलाई कसरी उपयोग गर्ने भन्ने नीति नरहेको भन्दै उनले मातृभाषामा काम गर्ने धेरै व्यक्ति रहेको र उनीहरुको अभिलेख समेत नभएको बताए । ‘योगदानको कदर धेरै टाढाको बिषय हो’ उनले भने, ‘अभिलेख समेत नहुनु दुःखद हो ।’

काठमाडौंको एउटा घेराभित्र सत्ता र शक्तिको वरिपरि रहेकालाई मात्रै स्थान दिइरहेको भन्दै उनले राज्यको उपस्थिति सबैतिर पुग्नुपर्नेमा जोड् दिए ।

बैतडीको दशरथचन्द नगरपालिका–५, कुमालीमा जन्मिएका उनी कैलालीको धनगढी उपमहानगरपालिका ५, हसनपुरमा बस्दै आएका छन् । उनको पहिलो प्रकाशित लघुकथा सुदूर पश्चिमाञ्चल साहित्य समाजको मुखपत्र सुुरभिमा वि.स. २०५७ कार्तिकमा प्रकाशित कमैया मुुक्ति लघुकथा हो । उनका प्रकाशित लघुकथा कृतिमा कर्मयोद्धा (२०५९), मुुक्तिदूूत (२०६२) एवम् एक थोपा सागरको (२०६४), आजका लघुकथा (संयुक्त, २०७४) रहेका छन् । उनले सम्पादन गरेका कृतिमा प्रज्ञा आधुनिक नेपाली लघुकथा (२०७३), लघुकथाको सुगन्ध (२०७५), विनय कसजूका लघुकथा सिर्जना र विवेचना (२०७७) पुस्तक एवम् पत्रिकामा नवप्रज्ञापन लघुकथा विशेषांक (२०७३), नेपाली लघुकथा (अंक ४, २०७४) वनिता लघुकथा विशेषांक (२०७६) रहेका छन् ।

भट्टले पाएका लघुकथा सम्बन्धित पुरस्कार एवम् सम्मानमा लघुकथा सम्मान (वि.स. २०७० र २०७४), मनुमुक्त मानव स्मृति लघुकथा गौरव सम्मान (भारतको हरियाणा, सन् २०१८), मनुमुक्त मानव स्मृति अन्र्तराष्ट्रिय लघुकथा सम्मान (भारतको हरियाणा, सन् डा. भट्टले नेपाली लघुकथामा त्रिभुवन विश्वविद्यालयबाट नेपाली लघुकथामा दर्शनाचार्य (एमफिल) एवम् विद्यावारिधि तहको अनुसन्धान पुरा गर्नुभएको छ । नेपाली लघुकथामा अक्षयकोष सहित राखिएको पहिलो पदमा रामचन्द्र पुरस्कारका संस्थापक रहनु भएका भट्ट लघुकथा समाजका कार्यसमिति सदस्य एवम् आधुनिक नेपाली लघुकथा पेजका संस्थापक व्यवस्थापक हुन् । उनी हाल पत्रकारिता एवम् स्वतन्त्र लेखनमा सक्रिय छन् ।

नेपाली लघुकथा क्षेत्रमा संलग्न रहदा नेपाली लघुकथामा उच्च तहको अनुसन्धान नभएकोले यसै क्षेत्रमा अनुसन्धान गर्न आफूले पिएचडी गरेको बताए ।

उनको लघुकथामा आख्यानगत सुक्ष्मताका साथै चोटिलोपन, सुक्ष्मता, व्यंङ्ग्यात्मक पाइन्छ र यसको अन्तिम वाक्यले प्रभावकारी विचार र सकारात्मक सन्देश प्रवाह गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

रोड बनाउने जिम्मा लिएको निर्माण कम्पनीले समयमा काम नगरेकोप्रति सरोकारबाला आक्रोशित

Next Post

यातायात मजदूर संघ, सप्तरीको नयाँ कार्यसमिति चयन

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
यातायात मजदूर संघ, सप्तरीको नयाँ कार्यसमिति चयन

यातायात मजदूर संघ, सप्तरीको नयाँ कार्यसमिति चयन

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

मिनी ट्रक दुर्घटना : मालिकदेखि चटपटे बेच्नेसम्म घाइते

सप्तरीबाट क–कसको नाम शहीदको रुपमा राजपत्रमा भयो प्रकाशित ?

सप्तरीबाट क–कसको नाम शहीदको रुपमा राजपत्रमा भयो प्रकाशित ?

एक सातापछि सुचारु भयो हनुमाननगर कंकालिनी नगरपालिकाको कामकाज

एक सातापछि सुचारु भयो हनुमाननगर कंकालिनी नगरपालिकाको कामकाज

धाँधलीपूर्ण निर्वाचन नमान्ने सप्तरीका चार विद्यार्थी संगठनको चेतावनी

धाँधलीपूर्ण निर्वाचन नमान्ने सप्तरीका चार विद्यार्थी संगठनको चेतावनी

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

“विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह’ भव्य रूपमा सम्पन्न”

“विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह’ भव्य रूपमा सम्पन्न”

अदालतको आदेश विपरित विद्यालय संचालन नगर्न आग्रह

अदालतको आदेश विपरित विद्यालय संचालन नगर्न आग्रह

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

नाबालिकासँग जर्वजस्ती करणीको आरोपमा नाबालक पक्राउ

सरकार ढल्ने हल्ला चल्दै गर्छ : गृहमन्त्री लेखक

सरकार ढल्ने हल्ला चल्दै गर्छ : गृहमन्त्री लेखक

अहिलेका प्रधानमन्त्रीलाई ३/३ महिनामा विश्वासको मत लिन जानुपर्दैन : गृहमन्त्री लेखक

अहिलेका प्रधानमन्त्रीलाई ३/३ महिनामा विश्वासको मत लिन जानुपर्दैन : गृहमन्त्री लेखक

बढ्यो चिसो, डाक्नेश्वरीका विद्यालयमा विदा

डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा दायर

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.