ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराज कारागारको अतिक्रमित जग्गा खाली गर्न १५ दिनको समय दिइने

राजविराज कारागारको अतिक्रमित जग्गा खाली गर्न १५ दिनको समय दिइने

Loading

राजविराज । सप्तरी सदरमुकाम राजविराजस्थित कारागारको अतिक्रमित जग्गा खाली गर्न १५ दिनको समय दिइने भएको छ ।

कारागारको राजविराज ७ स्थित कित्ता नम्बर ४१५ को २ बिघा १३ कट्ठा १९ धुर जग्गामध्ये १ बिघा ६ कठ्ठा १२ धुर लामो समयदेखि अतिक्रमण गरिएको छ । जग्गा अतिक्रमण गरि केही ब्यक्ति घर बनाएर बस्दै आएका छन् ।

शुक्रबार कारागारमा आयोजित सर्वपक्षीय बैठकले जग्गा अतिक्रमण गर्नेलाई खाली गर्न १५ दिनको समय दिइने निर्णय गरेको छ । अतिक्रमण गरिएको जग्गा खाली गर्न जिल्ला प्रशासन कार्यालयले १५ दिनको सूचना जारी गर्नेछ ।

सूचना जारी गरिएको समयमा पनि खाली नगरिए कानुन अनुसार खाली गरिने निर्णय गरिएको छ ।

कारागारको आफ्नै जग्गा हुँदा पनि अतिक्रमण गरिएका कारण थप भवन बनाउन नसक्दा कैदीलाई कोचेर राख्नुपरेको जेलर किशोर रामले बताए । १५५ जना कैदी राख्ने क्षमता रहेको कारागारमा अहिले ४०६ जना रहेको उनले बताए ।

क्षमताभन्दा बढी कैदी रहदा कोचिएर राख्नुपरेको र नुहाउन, शौच गर्न समस्या भैरहेको बताउदै रामले

अर्को ब्ल्क थप्नुपर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले कारागारकाे नाममा रहेको जग्गा अरूले प्रयोग गर्नु गैर कानुनी रहेको बताउदै खाली गर्नैपर्ने बताए ।

उनले जग्गा नभएका नागरिकलाई सरकारले भुमि अधिकार आयोग गठन गरि जग्गा दिइरहेको बताउदै यो प्रक्रियामा जानुपर्ने बताए ।

उनले स्थानीयभन्दा पनि बाहिरका ब्यक्ति आएर जग्गा अतिक्रमण गरेको देखिएकोले कानुन मिच्न कसैले नमिल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

मोटरसाइकल चोरीको आरोपमा सप्तरीका युवक सर्लाहीबाट पक्राउ

Next Post

कांग्रेस नेताहरुको सामूहिक आवाज : गुट–उपगुट त्यागौं

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
कांग्रेस नेताहरुको सामूहिक आवाज : गुट–उपगुट त्यागौं

कांग्रेस नेताहरुको सामूहिक आवाज : गुट–उपगुट त्यागौं

करका हाकिम भन्छन्, ‘कर तिर्न भन्दा व्यवसायीले मारे मार, काटे काट भनिरहेका छन्’

करका हाकिम भन्छन्, ‘कर तिर्न भन्दा व्यवसायीले मारे मार, काटे काट भनिरहेका छन्’

समाजमा बिकृति, विसंगति दिनप्रतिदिन बढ्दै जानु चिन्ताको बिषय ः मन्त्री यादव

समाजमा बिकृति, विसंगति दिनप्रतिदिन बढ्दै जानु चिन्ताको बिषय ः मन्त्री यादव

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

सम्पादकीय : व्यवसायीको पीडा सम्बोधन होस्

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.