ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 24, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मोटरसाइकल चोरीको आरोपमा सप्तरीका युवक सर्लाहीबाट पक्राउ

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

Loading

राजविराज । प्रहरीले मोटरसाइकल चोरीमा संलग्न ६ जनालाई सर्लाहीको लालबन्दीबाट पक्राउ परेको छ । पक्राउ पर्नेमा एक जना सप्तरीका समेत छन् ।

रौतहटको चन्द्रनिगाहपुरबाट दुईवटा मोटरसाइकल चोरी गरेर ल्याउने गिरोहका उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सप्तरीको रुपनी गाउँपालिका १ का १९ बर्षीय सिद्धार्थ महतो, सर्लाहीको लालबन्दी नगरपालिका–७ स्थित बजारमा ग्यारेज सञ्चालन गर्ने लालबन्दी ११ का २९ बर्षीय रामवरण महतो, ईश्वरपुर नगरपालिका १३ का १८ बर्षीय श्याम महतो, लालबन्दी ७ का १८ वर्षीय नजरेल नदाव, ईश्वरपुर नगरपालिका ६ का २० बर्षीय जस्मिन खान र उनका भाई १७ वर्षीय सागिर खानलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।

उनीहरुको समूहले यही वैशाख १९ गते चन्द्रनिगाहपुरबाट प्रदेश २–००५ प ९४२५ र ना ४६ प ६२४७ नम्वरको मोटरसाइकल चोरी गरेको थियो । चोरी भएको मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीका निमित्त प्रमुख एवं प्रहरी नायब निरीक्षक (सइ) भिमराज सुवेदीले जानकारी दिए ।

चन्द्रनिगाहपुरबाट मोटरसाइकल चोरी गर्ने तीन जनालाई चन्द्रनिगाहपुरमै पठाएर कारवाही अघि बढाइएको छ । यहाँ बसेर चोरीको मोटरसाइकल बेचाउने कार्यमा संलग्न तीन जनालाई लालबन्दी प्रहरीकै हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी नायब निरीक्षक सुवेदीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

मिटरव्याजीलाई कार्वाही गरिने आयोगका पदाधिकारीको प्रतिबद्धता

Next Post

राजविराज कारागारको अतिक्रमित जग्गा खाली गर्न १५ दिनको समय दिइने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजविराज कारागारको अतिक्रमित जग्गा खाली गर्न १५ दिनको समय दिइने

राजविराज कारागारको अतिक्रमित जग्गा खाली गर्न १५ दिनको समय दिइने

कांग्रेस नेताहरुको सामूहिक आवाज : गुट–उपगुट त्यागौं

कांग्रेस नेताहरुको सामूहिक आवाज : गुट–उपगुट त्यागौं

करका हाकिम भन्छन्, ‘कर तिर्न भन्दा व्यवसायीले मारे मार, काटे काट भनिरहेका छन्’

करका हाकिम भन्छन्, ‘कर तिर्न भन्दा व्यवसायीले मारे मार, काटे काट भनिरहेका छन्’

समाजमा बिकृति, विसंगति दिनप्रतिदिन बढ्दै जानु चिन्ताको बिषय ः मन्त्री यादव

समाजमा बिकृति, विसंगति दिनप्रतिदिन बढ्दै जानु चिन्ताको बिषय ः मन्त्री यादव

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.