ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 24, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मिटरव्याजीलाई कार्वाही गरिने आयोगका पदाधिकारीको प्रतिबद्धता

मिटरव्याजीलाई कार्वाही गरिने आयोगका पदाधिकारीको प्रतिबद्धता

Loading

राजविराज । सरकारले हालै गठन गरेको मिटरव्याज (अनुचित लेनदेन) सम्बन्धी जाँचबुझ आयोगका पदाधिकारीले सप्तरीका सरोकारबालासँग छलफल गरेका छन् ।

बिहीबार यहाँ आएका आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्य उत्तमराज सुवेदीले जिल्लामा मिटरव्याजको अवस्था, परेको उजुरी र पीडितलाई न्याय दिलाउने सन्दर्भमा सरोकारबालासँग छलफल गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालयमा आयोजित छलफल कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले मिटरव्याज सम्बन्धमा बुझ्न स्थलगत रुपमै आफूहरु आएको बताए । पछिल्लो समय मिटरव्याजका कारण धेरै व्यक्ति पीडित बनिरहेको भन्दै आयागले निष्पक्ष छानबिन गरी दोषी देखिनेलाई कार्वाही गर्ने बताए ।

अध्यक्ष कार्कीले मिटरव्याज पीडितलाई उजुरी दिन आग्रह गर्दै दोषी देखिनेलाई कार्वाही गरी पीडितलाई न्याय दिलाउने विश्वास व्यक्त गरे ।

आयोगका सदस्य सुवेदीले समाजमा सामाजिक व्यबहार चलाउन हुने लेनदेनलाई ख्याल गर्ने बताउँदै चर्काे व्याज लिनेलाई कार्वाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरे । ‘सामाजिक व्यबहार चलाउन अहिले पनि सामान्य व्याजदरमा लेनदेन हुने गरेको बताउँदै उनले मिटरव्याज लिनेलाई कार्वाही हुने बताए ।

लिएको ऋण तिर्दा समेत तमसुक च्यातिएको नपाइएको र जग्गा समेत फिर्ता नगरेको पाइएको भन्दै उनले यस्ता साहूलाई कानुन अनुसार कार्वाही गरिने विश्वास दिलाए ।

कार्यक्रममा राजनीतिक दलका नेताहरुले मिटरव्याजको नाममा सामाजिक व्यबहारका लागि हुने लेनदेदनमा असर नगर्न आग्रह गरे । उनीहरुले वास्तविक मिटरव्याजीको पहिचान गरी कार्वाही गर्न सुझाव दिए ।

सो अवसरमा नेपाली कांग्रेसका जिल्ला सभापति रामदेव साह, नेकपा एमालेका सचिव देबनाथ यादव, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादवसहितकाले मिटरव्याज सम्बन्धी आफ्नो धारणा राखेका थिए ।

राजविराज नगरपालिकाका कार्यबाहक मेयर इसरत परबिनले मिटरव्याज समाजको एक किसिमको दाग नै रहेकाले योबिरुद्धको कदममा आफ्नो सहयोग रहने बताइन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले मिटरव्याज सम्बन्धी गुनासो सुन्न छुट्टै कक्षको व्यवस्था गरिसकिएको बताउँदै यस्ता पीडितलाई उजुरी दिन आग्रह गरे ।

उनले जिल्लामा मिटरव्याज सम्बन्धी २५४ जनाको निवेदन परेको बताउँदै १५ वटा मिलापत्र गरिसकिएको बताए । केहि सहजीकरणको क्रममा रहेको जानकारी उनले गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

प्रहरी समायोजन भए २४ घण्टामा अपराध र भ्रस्टाचार नियन्त्रण गर्छु : मुख्यमन्त्री यादव

Next Post

मोटरसाइकल चोरीको आरोपमा सप्तरीका युवक सर्लाहीबाट पक्राउ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

मोटरसाइकल चोरीको आरोपमा सप्तरीका युवक सर्लाहीबाट पक्राउ

राजविराज कारागारको अतिक्रमित जग्गा खाली गर्न १५ दिनको समय दिइने

राजविराज कारागारको अतिक्रमित जग्गा खाली गर्न १५ दिनको समय दिइने

कांग्रेस नेताहरुको सामूहिक आवाज : गुट–उपगुट त्यागौं

कांग्रेस नेताहरुको सामूहिक आवाज : गुट–उपगुट त्यागौं

करका हाकिम भन्छन्, ‘कर तिर्न भन्दा व्यवसायीले मारे मार, काटे काट भनिरहेका छन्’

करका हाकिम भन्छन्, ‘कर तिर्न भन्दा व्यवसायीले मारे मार, काटे काट भनिरहेका छन्’

समाजमा बिकृति, विसंगति दिनप्रतिदिन बढ्दै जानु चिन्ताको बिषय ः मन्त्री यादव

समाजमा बिकृति, विसंगति दिनप्रतिदिन बढ्दै जानु चिन्ताको बिषय ः मन्त्री यादव

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.