ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

कर, भ्याटका समस्या समाधानको माग गर्दै गैसस महासंघद्वारा पठाइयो ज्ञापन


कर, भ्याटका समस्या समाधानको माग गर्दै गैसस महासंघद्वारा पठाइयो ज्ञापन

Loading

राजविराज । गैर सरकारी संस्था (गैसस) महासंघ, सप्तरीले मुनाफारहित संघ–संस्थाको कर, भ्याटका समस्या समाधान गर्न माग गरेको छ ।
बिहीबार महासंघको जिल्ला समितिले जिल्ला प्रशासन तथा करदाता सेवा कार्यालय, राजविराज मार्फत् अर्थ मन्त्री र आन्तरिक राजस्व विभागका निर्देशकलाई ज्ञापन पठाउँदै उक्त समस्या समाधानको माग गरेको हो ।
आन्तरिक राजस्व कार्यालयहरुबाट सामाजिक संस्थाहरुले प्राप्त गरेको वैदेशिक सहयोग अनुदानमा भ्याट लगाउने र संस्थाहरुको आर्थिक वर्षको अन्तिम मौज्दातलाई नाफा भनी आयकर समेत लिने गरि पत्राचार गरेको भन्दै ज्ञापनमा बिरोध गरिएको छ ।
‘नेपालको संविधान मौलिक हकको धारा १७ स्वतन्त्रताको हक उपधारा २ (घ) वमोजिम तथा संघसंस्था दर्ता ऐन २०३४ अनुरुप मुनाफा नकमाउने तथा नबाँड्ने गरि नागरिक समाजको भूमिका निर्वाह गर्दै साझेदारी, पहरेदारी, र खबरदारी गर्दै समाज रुपान्तरणको क्षेत्रमा सचेतना, सशक्तिकरण, सामाजिक न्याय, समानता, गरिबी न्यूनीकरण, विपद्का समयमा उद्धार, राहत, पूनर्निमाणका सवाल र वातावरणीय क्षेत्रमा सामाजिक संघ–संस्थाहरुको महत्वपूर्ण योगदान छ’ ज्ञापनमा भनिएको छ ।
नाफा नकमाउने र नबाँड्ने सामाजिक संस्थाहरु आयकर ऐन २०५८ को दफा २ (ध) ले यस्ता संस्थाहरुलाई कर छुट हुने संस्थाको रुपमा परिभाषित गरेको र २०५९ को नियम २७ बमोजिम करछुट प्रमाणपत्र समेत लिदै आएको जनाउँदै ज्ञापनमा भनिएको छ, ‘सामाजिक संघसंस्थाहरुले समाज कल्याण परिषदमा आवद्ध भई समाज कल्याण ऐन २०४९को दफा १६ को सीमा र परिधिभित्र रही अनुदान तथा सहायता प्राप्त गरी समाज कल्याण परिषदको स्वीकृतिमा कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।’
मुनाफारहित कार्य गर्ने सामाजिक संघसंस्थाको अनुदानमा कर नलाग्ने विश्वव्यापी र नेपाल सरकारको मान्यता अनुसार सरकारको नीति नियमभित्र रही सरकारको सहयोगीको रुपमा असहाय तथा पछाडि परेका वर्ग समुदायको उत्थानका लागि कार्य गर्ने सामाजिक संघसंस्थाहरुले प्राप्त गरेको अनुदान रकममा लगाएको कर÷भ्याटको समस्या हल गर्न २०७५ सालको आर्थिक ऐन जस्तै आ.व.०८०÷८१को आर्थिक ऐनमा पनि मुनाफारहित सामाजिक संघसंस्थाको आयकर, मु.अ.कर, अन्यकर, जरिवाना, थपदस्तुर, शुल्क तथा ब्याज बुझाउन नपर्ने वा मिनाहा हुने साथै मुनाफारहित सामाजिक संघसंस्थाहरु भ्याटमा दर्ता हुनुपर्ने व्यवस्था खारेज गर्न माग गरिएको छ ।
आन्तरिक राजस्व कार्यालयले नागरिक संघसंगठन माथि घुमाउरो पाराले प्रतिबन्ध लगाउन खोजेको र संघसंस्थालाई बन्द गर्न खोजेको ज्ञापनमा भनिएको छ ।
गैरसरकारी संस्था नेपाल सप्तरीका अध्यक्ष दिपक झाका नेतृत्वमा गएको टोलीले ज्ञापन पठाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

अरुले चढिरहेको सरकारी गाडी तीन दिनभित्र फिर्ता हुन्छ ः मुख्यमन्त्री यादव

Next Post

राजविराजमा करेन्ट लागेर बालककाे मृत्यु 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीमा करेन्ट लागेर एकको मृत्यु, दुई जना घाइते

राजविराजमा करेन्ट लागेर बालककाे मृत्यु 

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

छिन्नमस्तामा तीन जना सबार मोटरसाइकल दुर्घटना : दुईको मृत्यु, एक जना घाइते

करेन्ट लागेर विद्यार्थीको मृत्यु प्रकरण : विद्यार्थीद्वारा सडक अबरुद्ध

करेन्ट लागेर विद्यार्थीको मृत्यु प्रकरण : विद्यार्थीद्वारा सडक अबरुद्ध

पम्प नहरमा काम गरेका नेपाली भारतीय ठेकेदारको चेपुवामा

पम्प नहरमा काम गरेका नेपाली भारतीय ठेकेदारको चेपुवामा

विश्वकप छनौट क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा, विकेट किपर साउदलाई फर्काइयो

विश्वकप छनौट क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा, विकेट किपर साउदलाई फर्काइयो

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.