ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

कंचनरूपमा नगर अस्पतालकाे उद्घाटन 


कंचनरूपमा नगर अस्पतालकाे उद्घाटन 

Loading

राजविराज । सप्तरीको कंचनरूप नगरपालिकामा नगर अस्पतालकाे उद्घाटन भएकाे छ ।

आइतबार एक कार्यक्रमकाबीच नगर अस्पतालको उद्घाटन गरिएको छ । नगर प्रमुख ललन प्रसाद गुप्ताले नगर अस्पतालको उद्घाटन गरे ।

प्राथमिक स्वास्थ्य केन्द्र कंचनपुरको प्राङ्गणमा स्थापना भएको अस्पताल २५ बेडबाट संचालन भएको छ ।

मंसिर १६ गते स्थापना गर्ने निर्णय भएपछि कार्यविधि बनाएर अस्पताल संचालन गरिएको छ ।

अस्पतालमा १ एमडी, २ एमबिबिएस चिकित्सकसहित ३० जना स्वास्थ्यकर्मीकाे टाेली खटिनेछन ।

अस्पतालमा आकस्मिक, ओपिडी, सर्पदन्स, दाँत, आँखा र कानकाे उपचार, आकस्मिक प्रसुतीसहितका सेवा संचालन हुने स्वास्थ्य शाखा सह-संयाेजक डम्बर गुप्ताले जानकारी दिए । उनका अनुसार पोषण पुनःस्थापना गृह, रक्तसञ्चार केन्द्र पनि संचालन हुनेछ ।

त्यस्तै, भिडियो एक्सरे, बिशिस्टकृत ल्याब सेवा पनि संचालन गरिनेछ ।

अहिले प्राथमिक स्वास्थ्य केन्द्रमै सेवा प्रवाह गरिने र आफ्नो भवन बनेपछि त्यहाँबाट सेवा दिइने उनले बताए ।

अस्पतालकाे उद्घाटन गर्दै नगर प्रमुख गुप्ताले तत्काल २५ बेड्बाट अस्पताल शुरु हुने भएपनि चाँडै ५० बेडकाे बनाउन पहल गरिने बताए ।

उनले नगरपालिकालाई घरमा शून्य प्रसुती, क्षयरोगमुक्त, कुपोषणमुक्त नगरपालिका घोषणा गर्नका निम्ति काम शुरु गरिसकिएको बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रेणुका साह, वडा नम्बर ८ का अध्यक्ष कृष्णा साह, कार्यपालिका सदस्य शिबमाया निरौला, नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देव, नेकपा एमालेका नगर अध्यक्ष बच्चुलाल चौधरी, जनमत पार्टीका नेता एवं मेयरका प्रत्यासी इन्द्रदेव कगोडिया यादव, इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी निरीक्षक रमेश तिमिल्सिना, नगरपालिकाको स्वास्थ्य शाखा संयाेजक रामसेवक यादव, डा. आकाश रौनियारसहितकाले मन्तव्य व्यक्त गरेका थिए ।

 

कविता गुप्ताले स्वागत मन्तव्य व्यक्त गरेको अस्पताल उद्घाटन कार्यक्रमको सन्चालन नगरपालिकाका स्वास्थ्य शाखा सह-संयाेजक डम्बर गुप्ताले गरेका थिए ।

अस्पतालका प्रमुख डा. सन्जय कुमार गुप्ताको अध्यक्षतामा उद्घाटन कार्यक्रमको आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

मैथिली साहित्य परिषदकाे अध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी 

Next Post

शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले गरे नेपाली सेनाको विद्यालय निरीक्षण

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले गरे नेपाली सेनाको विद्यालय निरीक्षण

शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले गरे नेपाली सेनाको विद्यालय निरीक्षण

कंकालिनी मन्दिर विकास समितिकाे अध्यक्ष पदमा चार जनाकाे उम्मेदवारी 

कंकालिनी मन्दिर विकास समितिकाे अध्यक्ष पदमा चार जनाकाे उम्मेदवारी 

नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाइएपछि सप्तरीमा सत्तारुढ दलको प्रदर्शन

नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाइएपछि सप्तरीमा सत्तारुढ दलको प्रदर्शन

सप्तरीमा आत्महत्या : २ महिनामा २२ र ३८ महिनामा ३७१ ले लिए आफ्नै ज्यान

ससुराली घरमा मृत भेटिए सरदार

लोककल्याणकारी विज्ञापन वापतको रकम वृद्धि गर्न प्रेस युनियनको माग

लोककल्याणकारी विज्ञापन वापतको रकम वृद्धि गर्न प्रेस युनियनको माग

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.