भारदह । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ भारदहस्थित मुलुककै प्रसिद्ध कंकालिनी भगवती मन्दिर विकास समितिकाे नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता गरिएको छ ।
आगामी जेठ ३२ गते हुने निर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता गरिएको हो । अध्यक्ष पदमा ४ जनाले उम्मेदवारी दिएका छन् । श्यामसुन्दर मण्डल, निलेश कुमार झा, गुलाव कुमार मण्डल र ओमप्रकाश रजकले अध्यक्ष पदमा उम्मेदवारी दिएको निर्वाचन समिति संयोजक प्रकाश गुप्ताले जानकारी दिए ।
उपाध्यक्ष पदमा तीन जना, सचिव पदमा पाँच जना र काेषाध्यक्ष पदमा दुई जनाले उम्मेदवारी दिएका छन् ।