भारदह । सप्तरीको हनुमाननगर भारदहस्थित कंकालिनी भगवती मन्दिर विकास समितिको नयाँ नेतृत्वका लागि बिहीबार निर्वाचन सम्पन्न भएको छ ।
बिहीबार बिहान ७ बजेदेखि शुरु भएर अपरान्ह ४ बजेसम्म निर्वाचन भएको हो । निर्वाचनमा कुल १ हजार ५४४ मतदातामध्ये १ हजार ४४५ जनाले मतदान गरेको निर्वाचन समितिका संयोजक प्रकाश गुप्ताले जानकारी दिए ।
निर्वाचनका कारण मन्दिरको मूल गेट बन्द गरिएको थियो । श्रद्धालुलाई उत्तरपट्टीबाट मन्दिरभित्र जान दिइएको थियो ।
उनका अनुसार आजै रातिदेखि मतगणना शुरु गरिनेछ ।
मन्दिर विकास समितिको अध्यक्ष पदका लागि श्यामसुन्दर मण्डल, निलेश झा, गुलाव कुमार मण्डल र ओमप्रकाश रजकले उम्मेदबारी दिएका छन् ।