ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराज हटियाको अतिक्रमित जग्गा फिर्ता गरिनुपर्ने पक्षमा १७ जना जनप्रतिनिधी एकमत

राजविराज हटियाको अतिक्रमित जग्गा फिर्ता गरिनुपर्ने पक्षमा १७ जना जनप्रतिनिधी एकमत

Loading

राजविराज । राजविराज नगरपालिकाको हटियाभित्र अतिक्रमण गरिएको जग्गालाई वैधता दिन कार्यवाहक मेयरले कार्यपालिकाको बैठकलाई उल्ट्याएपछि अन्य जनप्रतिनिधी आक्रोशित बनेका छन् ।

नगरपालिकाका १७ जना वडाअध्यक्ष र कार्यपालिका सदस्यले मंगलबार संयुक्त पत्रकार सम्मेलन गर्दै उक्त कार्यको बिरोध गरेका छन् ।

उनीहरुले नगरभित्रको अतिक्रमित जग्गालाई फिर्ता ल्याउने उद्देश्यका साथ कार्यपालिका बैठकबाट निर्णय गरेपनि कार्यबाहक मेयर इसरत परबिनले यसलाई उल्टाएको बताए । ‘उहाँ व्यक्तिगत स्वार्थका निम्ति यो कार्य गर्नुभएको छ’ पत्रकार सम्मेलनमा ८ नम्बर वडाका अध्यक्ष समेत रहेका नगरपालिकाका प्रबक्ता जयनारायण मण्डलले कार्यपालिकाको गत मंसिर २९ गतेको बैठकले हटियाभित्रको अतिक्रमित जग्गा खाली गर्ने सर्वसम्मतिले निर्णय गरेपछि उहाँले एक्लै यो निर्णय उल्टयाएको बताए ।

हटियिाभित्र निर्माण भइरहेको गिलेसनको चारैतिर पहिला नै नाला निर्माण गर्न परबिनले निर्णय उल्टयाउँदै सघन शहरी कार्यालयलाई पत्राचार गर्न लगाएको उनले बताए । ‘यसले अतिक्रमित जग्गा व्यक्तिकै रहन्छ’ वडा नम्बर २ का अध्यक्ष अरुण यादवले भने, ‘पहिला अन्य काम गरेर नापजाँच गरी अतिक्रमित जग्गा फिर्ता आएपछि मात्रै नाला निर्माण गरिनुपर्छ ।’

वडा नम्बर ७ का अध्यक्ष सुभाष यादवले कार्यबाहक मेयरले मनोमानी गरिरहेका कारण आफूहरुलाई बिरोधमा उत्रनुपरेको बताए । हटियामा निर्मण भएको गिलेसन वरिपरी ४ मिटर जति जग्गा अतिक्रमित भएको छ’ उनले भने, ‘यसलाई वैद्यता दिन मिलेन् ।’

जनप्रतिनिधीले निर्णय नसच्याए आफूहरु चुप लागेर नबस्ने पत्रकार सम्मेलनमा बताए । उनीहरुले कानुन अनुसार अघि बढ्ने र सुनुवाई नभए आन्दोलनमा उत्रिनेसम्मको चेतावनी दिए ।

कार्यबाहक नगर प्रमुख परबिनले भने गिलेसन निर्माणको काम प्रभावित नहोस् भन्नका लागि यस्तो निर्णय गर्नुपरेको बताइन् । उनले ८ मिटर जग्गाको डिपिआर भएको भन्दै आफूले सोही अनुसार गरेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

जग्गा अतिक्रमण गर्नेहरुका लागि सारथीको रुपमा उभिइन कावा मेयर परबिन

Next Post

राजविराज हटियामा तत्काल नालाको काम नहुने, शहरी कार्यालयले ठेकेदार कम्पनीलाई लेख्यो पत्र

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
जग्गा अतिक्रमण गर्नेहरुका लागि सारथीको रुपमा उभिइन कावा मेयर परबिन

राजविराज हटियामा तत्काल नालाको काम नहुने, शहरी कार्यालयले ठेकेदार कम्पनीलाई लेख्यो पत्र

डाक्नेश्वरी नपाका उप प्रमुखबिरुद्ध मुद्दा दर्ता गर्न उच्च अदालतको आदेश

डाक्नेश्वरी नपाका उप प्रमुखबिरुद्ध मुद्दा दर्ता गर्न उच्च अदालतको आदेश

सप्तरीमा पहिलो सभा गर्ने पालिका छिन्नमस्ता

सप्तरीमा पहिलो सभा गर्ने पालिका छिन्नमस्ता

हनुमाननगर कंकालिनीमा हिन्दु स्वयंसेवकको दण्ड युद्ध कौशल कला प्रदर्शन

हनुमाननगर कंकालिनीमा हिन्दु स्वयंसेवकको दण्ड युद्ध कौशल कला प्रदर्शन

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

इनारभित्र व्यक्ति मृत भेटिए

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.