राजविराज । सप्तरीको रूपनी गाउँपालिकामा ट्रकको ठक्करले बालकको मृत्यु भएपछि स्थानीयले अवरुद्घ गरेको पुर्व पश्चिम् राजमार्ग सुचारू भएको छ।
रुपनी गाउँपालिका १ स्थित पुर्व पश्चिम् राजमार्गमा मंगलबार बिहान पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ क १०८४ नम्बरको ट्र्कको ठक्करले दिएकाे ठक्करले स्थानीय आजिम जानको १२ बर्षका छोरा रहमान मियाँको मृत्यु भएपछि स्थानीयले चक्काजाम गरेका थिए ।
उनीहरूले मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, राति १० बजेदेखि बिहान ५ बजेसम्म मात्रै ट्रक र टिपर चलाउन दिन पाउनुपर्नेसहितका माग राख्दै स्थानीयले मंगलबार दिउँसो २ बजेदेखि सडक अबरुद्ध गरेका थिए ।
सप्तरी प्रहरी प्रमुख एसपी नरेन्द्र कुमार कार्कीले केही बेरअघि सडक सुचारू भइसकेको बताए ।
उनका अनुसार माग सन्दर्भमा बिहीबार १ बजे प्रशासन कार्यालयमा छलफल गर्ने सहमति भएको छ ।
आधारभुत विद्यालय खोक्सर प्रबाहाको कक्षा ५ मा अध्ययनरत बालकलाई विद्यालय जाने क्रममा बिहान ६ बजेतिर ट्रकले ठक्कर दिएको थियो ।
ठक्करले गम्भीर घाईते बालकलाई उपचारका लागि घाेपा क्याम्प धरान पठाएपनि साेही क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि स्थानीयले पुर्व पश्चिम् राजमार्ग अन्तर्गत रुपनीमा सडक अबरुद्ध गरेका छन् ।