ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, August 23, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मारुती सिमेन्ट कम्पनीको स्वीकार : हाम्रो उत्पादन कमसल र गुणस्तरहिन छ

मारुती सिमेन्ट कम्पनीको स्वीकार : हाम्रो उत्पादन कमसल र गुणस्तरहिन छ

Loading

राजविराज । मैथिली भाषामा एउटा प्रसिद्ध भनाई छ–अप्पन दहीके कियो नहि खट्टा कहैत छै ।’ त्यहीं भएर आफ्ना उत्पादनलाई सबै कम्पनीले राम्रो भन्दै आएका हुन्छन् । तर सिमेन्ट उत्पादन गर्ने एक कम्पनीले भने आफ्नो उत्पादन गुणस्तरहिन रहेको स्वीकारेका छन् । यो कम्पनी हो मारुती सिमेन्ट ।

राजविराज नगरपालिका वडा नम्बर ४ बस्ने दिवाकर साहले आफ्नो घर निर्माण गर्ने क्रममा सिंढी भत्किएको थियो । यसपछि साह र मारुती सिमेन्ट कम्पनीको तर्फबाट विराटनगर ९ निवासी ४७ बर्षीय ज्योति जोशीबीच क्षतिपूर्ती तिर्ने सहमति भएको थियो । उक्त सहमति कागजातमा उत्पादित सिमेन्ट कमसल र गुणस्तरहिन भएकोले उक्त सिमेन्टले घर बनाउँदा घर भत्किएको स्वीकार गरिएको छ ।

घर भत्किएपछि त्यसको क्षतिपूर्ती वापत सिमेन्ट कम्पनीको तर्फबाट सम्पूर्ण क्षति व्यहोर्ने लिखित सहमति जोशीले गरेका थिए । जोशी कम्पनीका सेल्स म्यानेजर हुन् । उनले उक्त पदको हैसियतले अजय कुमार साहको नाममा रहेको माछापुच्छ्रे बैंक लिमिटेड्को चेक नम्बर ००२४५०२६७६ मार्फत् दिवाकर साहलाई रु २५ लाख एकमुष्ठ दिने सहमति उक्त कागजमा गरेका थिए ।

‘उक्त सहमति पश्चात दुबै पक्षले कुनै उजुर वाजुर गर्ने गराउने छैनौं । यदी गरे, गराएमा गर्ने पक्षलाई यसै कागजलाई आधार मानी कानुन बमोजिम भए जाने सजाय भोग्न तयार छौं भनी सही छाप गर्दछौं । उक्तसहमति पत्रमा उल्लेख गरिएको छ ।’

गत चैतको पहिलो साता गरिएको उक्त सहमतिपछि पनि साहको उजुरीको आधारमा सप्तरी प्रहरीले जोशीलाई दुई साताअिघ विराटनगरबाट पक्राउ गरेर यहाँ राखेको छ ।

यद्यपी यो सहमति पत्र २४ असारमा काम नलाग्ने भएको छ । साहले प्रहरीमा उजुरी दिएपछि २४ असारमै दुबै पक्षबीच पुनः सहमति भएकाले यो कागजात काम नलाग्ने भनेर सहमति पत्रमा कट्टा क्रस चिन्ह लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

रुपनीमा स्थानीयद्वारा अवरुद्घ राजमार्ग सुचारू

Next Post

पत्रकार रोहितामाथि आक्रमण गर्नेलाई कार्वाही गर्न बिभिन्न संघ–संस्थाको माग

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
पत्रकार रोहितामाथि आक्रमण गर्नेलाई कार्वाही गर्न बिभिन्न संघ–संस्थाको माग

पत्रकार रोहितामाथि आक्रमण गर्नेलाई कार्वाही गर्न बिभिन्न संघ–संस्थाको माग

फौजदारी अभियोगमा थुनिएका एक व्यक्ति मिलापत्रकै आधारमा रिहा

फौजदारी अभियोगमा थुनिएका एक व्यक्ति मिलापत्रकै आधारमा रिहा

सप्तरीमा करेन्ट लागेर एकको मृत्यु, दुई जना घाइते

करेन्ट लागेर कुसहामा एकको मृत्यु

सप्तरीमा करेन्ट लागेर भैंसीको मृत्यु, राजमार्गमा दुई घण्टा चक्काजाम

सप्तरीमा करेन्ट लागेर भैंसीको मृत्यु, राजमार्गमा दुई घण्टा चक्काजाम

एमाले नेता सबार गाडी दुर्घटना प्रकरण : सरकारी गाडीको दुरुपयोग 

एमाले नेता सबार गाडी दुर्घटना प्रकरण : सरकारी गाडीको दुरुपयोग 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

Loading Comments...