ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

पत्रकार महासंघद्धारा एक हप्ते आन्दोलन घोषणा


फाेटाे भिडियो नखिच्ने सीडीओ कार्यालयको उर्दी : सूचना फिर्ता नलिए चरणबद्ध आन्दोलनमा उत्रने महासंघको चेतावनी

Loading

राजविराज । नेपाल पत्रकार महासंघ, सप्तरीले एक हप्ते आन्दोलन घोषणा गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले पत्रकारलाई फोटो–भिडियो खिच्न रोक लगाउँदै संविधान विपरित प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप हुने गरी जारी गरेको उर्दी र पछिल्लो केही दिनयता सप्तरीमा प्रहरीद्वारा पत्रकारमाथि भएको कुटपिट तथा प्रशासन कार्यालयमा भएको दुब्र्यवहार विषयलाई लिएर एक हप्ते आन्दोलन घोषणा गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले क्षमायाचनासहितको उर्दी फिर्ता लिई पूर्ण प्रेस स्वतन्त्रताको वातावरण बनाउनुपर्ने र जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार मनोहर पोखरेलमाथि आक्रमण भएको घटनामा संलग्न असईमाथि कानून बमोजिम कार्वाही गरिनुपर्ने दुई सूत्रीय माग राखेर आन्दोलन घोषणा गरिएको महासंघले शुक्रबार बिज्ञप्ती जारी गर्दै बताएको छ ।

आन्दोलन अनुसार शनिवार (आज) मौन जुलुस प्रदर्शन गर्ने, आईतवार मैनबत्ती जुलुस प्रदर्शन गर्ने, सोमबार सिटी जुलुस प्रदर्शन गर्ने, मंगलवार १ घण्टा प्रशासनमा धर्ना दिने, बुधवार २ घण्टा, बिहीवार ३ घण्टा धर्ना दिने, शुक्रवार जिल्ला प्रशासन कार्यालयमा २४ घण्टे रिले अनसन गरिने बिज्ञप्तीमा जनाइएको छ ।

‘पत्रकार महासंघ वार्ता–सम्वादको विरोधमा नरहेको जानकारी गराउँदै पछिल्लो पटक एकातर्फ वार्ताका लागि प्रशासन कार्यालयले बोलाउने र अर्कोतर्फ एक पत्रिकाको अन्तर्वार्तामा प्रमुख जिल्ला अधिकारीले पत्रकारलाई नियन्त्रण गर्न खोजेको भनि अभिब्यक्ति दिने काम स्वतः वार्ता विरोधी भएको स्पष्ट छ’ बिज्ञप्तीमा भनिएको छ, ‘संविधान विपरित कार्य गर्ने प्रशासन कार्यालयलाई क्षमायाचनासहितको उक्त उर्दी फिर्ता गर्न पत्रकार महासंघ शाखा सप्तरीले आग्रह गर्दा पनि त्यसको वेवास्ता गरिएको हाम्रो ठहर छ ।’

संघर्ष र सम्वादसँगै लगिने भएकाले मध्यस्थकर्ताको जिम्मेवारी कार्यसमिति सदस्य विद्यानन्द राम र कृष्णकुमार मण्डललाई दिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Related

Previous Post

राजविराज कंचनपुर रोडको अतिक्रमण हटाउन जारी भयो ७ दिने सूचना

Next Post

सिके राउतकाे क्षेत्रमा आएर शिबचन्द्र कुसवाहाले भने-राउतलाई राजनीति ज्ञान छैन

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सिके राउतकाे क्षेत्रमा आएर शिबचन्द्र कुसवाहाले भने-राउतलाई राजनीति ज्ञान छैन

सिके राउतकाे क्षेत्रमा आएर शिबचन्द्र कुसवाहाले भने-राउतलाई राजनीति ज्ञान छैन

मधेशी पत्रकार समाज, सप्तरीको अध्यक्षमा शैलेश कर्ण

मधेशी पत्रकार समाज, सप्तरीको अध्यक्षमा शैलेश कर्ण

सप्तरीमा सिडिओ : थापा जादै, थापा नै आउँदै

सप्तरीमा सिडिओ : थापा जादै, थापा नै आउँदै

गुठ्ठिको जग्गामाथी डाक्टर को नजर

गुठ्ठिको जग्गामाथी डाक्टर को नजर

मधेश विश्वविद्यालय संचालनमा आएपछि शिक्षामा मधेश प्रदेश फड्को मार्ने मन्त्री यादवको दाबी

मधेश विश्वविद्यालय संचालनमा आएपछि शिक्षामा मधेश प्रदेश फड्को मार्ने मन्त्री यादवको दाबी

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.