ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मधेश विश्वविद्यालय संचालनमा आएपछि शिक्षामा मधेश प्रदेश फड्को मार्ने मन्त्री यादवको दाबी

मधेश विश्वविद्यालय संचालनमा आएपछि शिक्षामा मधेश प्रदेश फड्को मार्ने मन्त्री यादवको दाबी

Loading

जनकपुरधाम,३१ साउन। मधेश सरकारका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले मधेश समृद्ध बनाउनको लागि मधेश विश्वविद्यालय सार्थक सावित गर्ने विश्वास लिएको छ्न।

मंगलवार विरगंजस्थित रहेको मधेश विश्वविद्यालयको स्थलगत अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री यादवले मधेश विश्वविद्यालय सञ्चालनमा आएसँगै पर्सा जिल्लाको मात्रै नभएर मधेश प्रदेशले नै विकासमा फड्को मार्ने दाबी गरे ।

वीरगञ्जस्थित मधेश विश्वविद्यालयमा अवलोकनपश्चात मन्त्री यादवसहितको टोलीले पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर २ स्थित जग्गाको पनि निरीक्षण गरेको छ ।

स्थानीयले मधेश विश्वविद्यालयका लागि उपलब्ध गराएको ३५ विघा जग्गाको निरीक्षण गर्दै विश्वविद्यालयका सहकुलपतिसमेत रहेका यादवले जग्गा विश्वविद्यालयका लागि कुनै पनि अवरोध नगरी जग्गा उपलब्ध गराएकोमा त्याहाँका स्थानीयप्रति आभार व्यक्त गरे । उनले भने, ‘हाम्रो मधेशमा विकासका कार्यमा एक बित्ता जग्गा पनि मिचिदा विरोध हुने गरेको अवस्थामा मधेश विश्वविद्यालयका लागि उपलब्ध गराउनुभएको यति धेरै जग्गा तपाईहरुले त्याग गर्नुभयो । यो सानो त्याग हैन । त्यसको लागि तपाईहरु उदाहरण बन्नुभएको छ ।’

मधेश विश्वविद्यालयसँग त्यस भेगका स्थानीयको खुशी र यस क्षेत्रका बालबालिका र युवाहरुको भविष्य जोडिएको बताउँदै उनले तिव्रताका साथ काम अघि बढाउनुपर्नेमा जोड दिए । आफ्नो मन्त्रालयको तर्फबाट हुने हर सहयोगका लागि तयार रहेको बताउँदै उनले शिक्षाको विकासले नै समृद्धी हाँसिल गर्न सकिने तर्क गरे । ‘

कार्यक्रममा मधेश प्रदेशका प्रदेश सभा सदस्य एवम् अर्थ तथा योजना समितिका सभापति शतिस सिंहले विश्वविद्यालयको अहिलेसम्मको प्रगति सन्तोजनक रहेको बताउँदै यसलाई तिव्र गतिमा अघि बढाउनुपर्ने बताए । शैक्षिक दृष्टिकोणमा पछि परेको मधेश प्रदेशको साक्षरता दर बढाउनका लागि पनि यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै सिंहले प्राविधिक विषयहरु पनि सञ्चालन गर्नुपर्ने आवश्यक्ता औँल्याए ।

मधेश विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्यले विश्वविद्यालयको अहिलेसम्मको प्रगतिका बारेमा मन्त्री यादव लगायतको टोलीलाई अवगत गराएका थिए । यही शैक्षिक सत्रदेखि कानुन र जनप्रशासन गरी दुई वटा संकाय सञ्चालन गर्नका लागि भर्नासमेत आह्वान भइसकेको शाक्यले बताए । वीरगञ्जमा अहिले कक्षा कोठा लगायतको सञ्चालनका लागि आवश्यक तयारी भइरहेको बताउँदै उनले छिटै बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने काम सम्पन्न हुने जानकारी गराए । बहुदरमाईको जग्गामा बनाइने संरचनाको लागि डिपिआर बन्ने क्रममा रहेको पनि उनले बताए ।

सो अवसरमा त्यस क्षेत्रका स्थानीयले पनि विश्वविद्यालय निर्माणका लागि उत्साहित रहेको प्रतिक्रिया दिएका छन् । मधेश विश्वविद्यालय निर्माण भएमा गाउँको कायापलट हुने र रोजगारीको सृजना हुनुका साथै अध्ययनका लागि बाहिरिने रकम पनि आफ्नै ठाउँमा खर्च हुने भन्दै स्थानीयले खुशी व्यक्त गरेका छन् ।

सोही अवसरमा जनमत पार्टी पर्साका संयोजक ओमप्रकाश सर्राफ, जनमत पार्टीकी नेतृ करिमा बेगम, स्थानीय, सञ्चारकर्मी, सुरक्षाकर्मी लगायतको उपस्थिती रहेको मधेश विश्वविद्यालयका रजिष्टार विजय प्रसाद यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

गुठ्ठिको जग्गामाथी डाक्टर को नजर

Next Post

शिक्षा क्षेत्रमा माफियाको ताण्डव तोड्न शिक्षकहरुसँग मन्त्री यादवको आग्रह

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
शिक्षा क्षेत्रमा माफियाको ताण्डव तोड्न शिक्षकहरुसँग मन्त्री यादवको आग्रह

शिक्षा क्षेत्रमा माफियाको ताण्डव तोड्न शिक्षकहरुसँग मन्त्री यादवको आग्रह

निलम्बित मेयर भीमराज यादव र श्रेष्ठद्धय भ्रष्टाचारी ठहर

निलम्बित मेयर भीमराज यादव र श्रेष्ठद्धय भ्रष्टाचारी ठहर

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा सप्तरीका डाक्टर विद्यार्थी पक्राउ

पदमा रहिरहेसम्म प्रदेशको स्वास्थ्य क्षेत्रलाई राम्रो बनाउन काम गरिरहनेछु : स्वास्थ्य मन्त्री सिंह

पदमा रहिरहेसम्म प्रदेशको स्वास्थ्य क्षेत्रलाई राम्रो बनाउन काम गरिरहनेछु : स्वास्थ्य मन्त्री सिंह

सूचनालाई अटेर गरेपछि राजविराजकाे कंचनपुर राेडमा चलाइयाे डाेजर

सूचनालाई अटेर गरेपछि राजविराजकाे कंचनपुर राेडमा चलाइयाे डाेजर

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.