राजविराज । एमबिबिएस अध्ययनरत सप्तरीका एक विद्यार्थीलाई सीआइबीको टोलीले नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राजविराज नगरपालिका वडा नम्बर ७ घर भएका नसिम अख्तर छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चितवन मेडिकल कलेजमा एमबीबीएस अन्तिम सेमेष्टरमा अध्ययनरत उनलाई बिहीबार राति पक्राउ गरेको हो ।
आईएससी पास भएको सर्टिफिकेट नक्कली बनाएको आरोप लागेका उनलाई थप अनुसन्धानका लागि काठमाडौं लगिने प्रहरीको भनाई छ ।
एमबीबीएस अध्ययनका लागि उनले काठमाडौंको सेन्ट जेभियर्स कलेजबाट आईएससी पास भएको सर्टिफिकेट पेश गरेको सिआइबीको भनाई छ ।