ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

भगवती मन्दिरभित्र देबेन्द्रको मनोमानी, आफ्नै पुर्वजको गराउँदै बदनामी 

भगवती मन्दिरभित्र देबेन्द्रको मनोमानी, आफ्नै पुर्वजको गराउँदै बदनामी 

Loading

शैलेन्द्र कुमार सिंह

राजविराज । राजविराज नगरपालिका वडा नम्बर ७ स्थित चण्डी भगवती मन्दिर छ । सप्तरीकै चर्चित यो मन्दिरको प्राङ्गणमा एउटा धर्मशाला निर्माण गरिएको छ । उक्त धर्मशालाको नाम हो, ’बासुदेव मिस्त्री स्मृति धर्मशाला ।’

राजविराज ७ निवासी स्वर्गीय मिस्त्री बासुदेवको स्मृतिमा उनकै छोरा देबेन्द्रले धर्मशाला बनाएका छन् । मन्दिरमा आउने भक्तजन र पुजारीलाई लक्षित गरि देबेन्द्रले यो धर्मशाला निर्माण गरिदिएपनि उनले आफै यो धर्मशाला कब्जा गरेका छन् ।

देबेन्द्रले आफ्नो पिताको नाममा निर्माण गरेको एक कोठे धर्मशालामा ताला हालेर उनले आफै चावी राखेका छन् । यहाँसम्म कि दशैमा पुजापाठ गर्न भिड लागेपनी उनले कोठा खोलिदिएनन ।

वडा नम्बर ७ का अध्यक्ष सुभाष यादवकै नेतृत्वमा कोठाको चावी माग्न जाँदा पनि नदिइएको पूजा समिति सदस्य रामनारायण मेहताले जानकारी दिए ।

’मन्दिर सार्वजनिक ठाउँ हो, यहाँ आफ्नो परिवारका दिवङ्त ब्यक्तिको नाममा धर्मशाला बनाउने र आफै प्रयोग गर्ने काम निन्दनीय हो’ वडा अध्यक्ष यादवले भने, ’बरु मन्दिर प्राङ्गणमा नबनाएको भए हुन्थ्यो ।’

मन्दिरमा धर्मशाला निर्माण गरि आफै प्रयोग गर्नु सार्वजनिक सम्पत्तिको दुरुपयोग भएको उनले बताए ।

जातीय समितिको कार्यालय

देबेन्द्रले धर्मशालाको भवन कब्जा गरि आफ्नो जातीय संगठन विश्वकर्मा लोहार सेवा समितिको कार्यालय खोलेका छन् ।

२०५७ सालमा निर्माण गरिएको धर्मशाला भवन शुरुदेखी दाता परिवारले नै कब्जा गरेको पुजा समितिका संयोजक रमानन्द देवले बताए ।

लोहारको अर्को मनोमानी

चण्डी भगवती मन्दिरको प्राङ्गण केहि फराकिलो छ । यहीँ ठाउँमा देबेन्द्रका स्वर्गीय पिता बासुदेवले विश्वकर्मा मन्दिर निर्माण गरेका छन् ।

तर मन्दिरमा लामो समयदेखि रंगरोगन समेत हुन सकेको छैन् । मन्दिर समेत जिण बन्दै गएको छ । मिस्तरी परिवारले विश्वकर्मा मन्दिरको पुजारी आफै राखेका छन् । ती पुजारी बिहान आई पूजा गरेर ताला लगाई जाने गर्छन् ।

आफ्ना परिवारको नाममा सार्वजनिक ठाउँमा भवन निर्माण गर्नु र आफै प्रयोग गर्नु अत्यन्तै गलत कार्य भएको वडा अध्यक्ष यादवले बताए ।

यस सम्बन्धमा देबेन्द्रसँग सम्पर्क गर्न खोज्दा हुन सकिएन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
1
+1
0
+1
2

Related

Previous Post

नेपाल टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा छनौट

Next Post

उपाधिका लागि ओमानबिरुद्ध पहिला व्याटिङ गर्दै नेपाल

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
नेपाल टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा छनौट

उपाधिका लागि ओमानबिरुद्ध पहिला व्याटिङ गर्दै नेपाल

नेपाल टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा छनौट

सुपर ओभरमा नेपाल पराजित, उपाधि चुम्नबाट बंचित

सप्तरीमा पनि आमाको नामबाट नेपाली नागरिकता बन्ने

सप्तरीमा पनि आमाको नामबाट नेपाली नागरिकता बन्ने

दिउँसै बैंक लुट्ने व्यक्ति पुर्पक्षका लागि थुनामा

दिउँसै बैंक लुट्ने व्यक्ति पुर्पक्षका लागि थुनामा

दिउँसै बैंक लुट्ने व्यक्ति पुर्पक्षका लागि थुनामा

लागूऔषधसहित स्वास्थ्यकर्मी पक्राउ प्रकरण : अर्काे स्वास्थ्यकर्मीसहित थप दुई जना पक्राउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.