ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

विधान विपरित गएका माथि कारबाही हुन्छ : जसपा

विधान विपरित गएका माथि कारबाही हुन्छ : जसपा

Loading

राजविराज ।

जनता समाजवादी पार्टी सप्तरीमा केही नेताहरुको सक्रियतामा समानान्तर समिति गठन भएपछि उक्त कार्यमा संलग्न भएकाहरुमाथि कारबाही गरिने भएको छ ।

जसपा सप्तरीका अध्यक्ष केदार यादवले आज शनिबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीको विधान विपरित समानान्तर समिति गठन गराउने र समितिमा रहेकाहरुमाथि कारबाही प्रक्रिया अगाडी बढ्ने जानकारी दिए ।

अध्यक्ष यादवले जिल्ला कार्यसमितिको बैठकले विधान बमोजिम सुरुमा स्पष्टिकरण सोधिने र त्यसपछि सोही बमोजिम थप कारबाही अगाडी बढाउने बताए ।

तीन दिनअघि जसपाका केन्द्रीय कार्यकारिणि सदस्य रेणुकुमारी यादव, राजनीति समितिका सदस्य शैलेन्द्रप्रसाद साह, मधेस समितिका निर्वतमान उपाध्यक्ष शम्भु झासहितको अगुवाईमा सप्तरी समितिका उपाध्यक्ष उमेशप्रसाद यादवको संयोजकत्वमा ५७ सदस्यीय जिल्ला समानान्तर समिति गठन भएको थियो ।

गत संघीय सांसद्को निर्वाचनमा सप्तरी २ बाट जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव जनमत पार्टीका अध्यक्ष सीके राउत संग भारी मतले पराजित भएपछि जसपाभित्र अध्यक्षलाई सहयोग नभएको विषयलाई लिएर चुनावी नतिजासँगै विवाद सुरु भएको हो ।

यसै आधारमा यसअघि नै जिल्ला तथा प्रदेश समितिको सिफारिशमा सप्तरीका विभिन्न तहमा रहेका आफ्ना नेता कार्यकर्तालाई जसपाले कारबाही गरिसकेको छ ।

उता जसपाको विवाद सप्तरीमा मात्रै नभई पर्सा जिल्लामा पनि देखिएको छ । त्यहाँ डेढ महिनाअघि संघीय सांसद् प्रदिप यादवको अगुवाईमा बहुदरमाई नगरपालिकाका मेयर सिंहासन साह तेलीको अध्यक्षतामा अर्को समानान्तर समिति गठन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

निलम्बित प्रदेश सांसद अनिरूद्व धरौटीमा रिहा

Next Post

नेपाली रेलले किचिएर एक जना भारतीयको मृत्यु

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
नेपाली रेलले किचिएर एक जना भारतीयको मृत्यु

नेपाली रेलले किचिएर एक जना भारतीयको मृत्यु

कल्टुदास पोखरीको वृहत सरसफाई

कल्टुदास पोखरीको वृहत सरसफाई

हनुमाननगर कंकालिनीमा शुरू भयाे कुस्ती

हनुमाननगर कंकालिनीमा शुरू भयाे कुस्ती

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

सप्तरी कारागारका एक कैदीको मृत्यु

खेलाडी व्यवस्थापनका लागि कोष खडा गर्ने मन्त्री यादवको उद्घोष

खेलाडी व्यवस्थापनका लागि कोष खडा गर्ने मन्त्री यादवको उद्घोष

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.