ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Tuesday, August 25, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

खेलाडी व्यवस्थापनका लागि कोष खडा गर्ने मन्त्री यादवको उद्घोष

खेलाडी व्यवस्थापनका लागि कोष खडा गर्ने मन्त्री यादवको उद्घोष

Loading

राजविराज । मधेश प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादवले सप्तरी जिल्लाका हरेक खेलाडीको व्यवस्थापन गरिने बताएका छन् ।
क्रिकेटर विवेक यादव र भारोत्तोलन खेलाडी संजय यादवलाई सम्मान गर्न जिल्ला खेलकुद विकास समिति, सप्तरीले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले उक्त कुरा बताएका हुन् ।
‘आर्थिक कारण नै खेलाडी खेलकुद छाड्न बाध्य भइरहेको अवस्था छ’ मन्त्री यादवले भने, ‘खेलाडी व्यवस्थापनका निम्ति एउटा कोष स्थापना गरिनेछ ।’
उनले स्थापना हुने कोषमा आफ्नो तर्फबाट रु १ लाख प्रदान गर्ने बताउँदै अन्य व्यक्तिहरुलाई पनि कोषमा सहयोग गर्न आग्रह गरे ।
खेलकुद सम्बन्धी विधेयक प्रदेश सभामा पेश भइसकेको बताउँदै उनले खेलकुदलाई बढी चासोका साथ अघि बढाइने बताए ।
मन्त्री यादवले जिल्ला खेलकुद विकास समितिको कार्यालय, राज रंगशालालाई राम्रो बनाउन तथा पविमाविको खेल मैदानमा क्रिकेट ग्राउण्ड बनाउन बजेट विनियोजन गरिएको भन्दै समयमै काम सम्पन्न हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा टि–ट्वान्टी विश्वकप क्रिकेट छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सप्तरीका विवेक यादव र भारोत्तोलनका राष्ट्रिय खेलाडी संजय यादवलाई सम्मानपत्र, दोसल्ला र नगदसहित मन्त्री यादवले सम्मान गरे । दुबैलाई नगद रु ५१०० सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा सप्तरी क्रिकेट संघका अध्यक्ष एवं केन्द्रीय सदस्य आयुष श्रेष्ठ, नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देवसहितकाले मन्तव्य व्यक्त गरेका थिए ।
जिल्ला खेलकुद विकास समितिका प्रमुख दिनेश कुमार भुजेलको अध्यक्षतामा कार्यक्रमको आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरी कारागारका एक कैदीको मृत्यु

Next Post

बालबालिकाको गुनासो–हामीसँग सान्दर्भिक समाचार किन आउँदैन ?

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
बालबालिकाको गुनासो–हामीसँग सान्दर्भिक समाचार किन आउँदैन ?

बालबालिकाको गुनासो–हामीसँग सान्दर्भिक समाचार किन आउँदैन ?

राष्ट्रिय सभाको निर्वाचनका लागि बढ्यो मतभार

राष्ट्रिय सभाको निर्वाचनका लागि बढ्यो मतभार

जसपाको छुट्टै समितिका पदाधिकारीले गरे सपथ, बनाए कार्यकारिणी समिति 

जसपाको छुट्टै समितिका पदाधिकारीले गरे सपथ, बनाए कार्यकारिणी समिति 

सप्तरी युथकाे पहल : अलपत्र बृद्धालाई नगरपालिकाको सहयोगमा उद्धार

सप्तरी युथकाे पहल : अलपत्र बृद्धालाई नगरपालिकाको सहयोगमा उद्धार

जसपाको नयाँ समितिद्वारा प्रदेशका मुख्य सचिवलाई निष्कासन गर्न सिफारिस

जसपाको नयाँ समितिद्वारा प्रदेशका मुख्य सचिवलाई निष्कासन गर्न सिफारिस

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.