राजविराज । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाताको मतभार कायम गरेको छ ।
आयोगका अनुसार प्रदेश सभा सदस्यका लागि ५३ र पालिका प्रमुख तथा उप प्रमुखको लागि १९ मतभार कायम गरिएको छ ।
राष्ट्रिय जनगणना २०७८ सम्पन्न भई जनगणनाको प्रतिवेदन समेत सार्वजनिक भइसकेको र यो प्रयोजनका लागि उक्त ऐन बमोजिम रुाष्ट्रिय तथ्यांक कार्यालयको सिफारिस समेतको आधारमा बुधबार बसेको आयोगको बैठकले यस्तो निर्णय गरेको प्रबक्ता शालिग्राम शर्माल जानकारी दिए ।
यसअघि प्रदेश सभा सदस्यका लागि मतभार ४८ र पालिका प्रमुख र उप प्रमुखको मतभार १८ थियो ।