राजविराज । राष्ट्रपति रामचन्द्र पाैडेलले सप्तरीको विकासका लागि आफू यहाँका जनताको साथमा रहेको बताएका छन् ।
छिन्नमस्ता मन्दिरमा पूजापाठ गरेपछि आयाेजित स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पाैडेलले सप्तरी ऐतिहासिक जिल्ला भएपनि विकासमा पछि परेको बताए ।
उनले यहाँको विकासका लागि जनताको साथमा रहेकाे बताए ।
कृषिकाे क्रान्ति हुने ठाउँ सुख्खा रहने गरेको बताउँदै उनलेे कोशी र कमला डाइबर्शन छिटोभन्दा छिटो सन्चालन गर्न सरकारकाई धक्धक्याउने बताए ।
छिन्नमस्ता देवीलाई साक्षात भगवती रहेको समेत बताए ।