राजविराज । शिक्षा सम्बन्धी कसुरमा पक्राउ परेका एक जना नावालक अदालतको आदेशमा रिहा भए लगत्तै प्रहरीद्धारा कुटिएका छन् ।
केहि दिनअघि पक्राउ परेका ती नावालकलाई सप्तरी जिल्ला अदालतको १ नम्बर इजलाशले मंगलबार अभिभावकको जिम्मामा रिहा गर्ने आदेश दिएको छ । अदालतबाट रिहा भएका ती नावालक आफ्नो सामान लिन जिल्ला प्रहरी कार्यालय जाँदा प्रहरीद्धारा कुटिएका हुन् । ‘सामान लिन जाँदा एक्कासी त्यहाँ भएका प्रहरीले कुटे’ उनले भने, ‘सामान माग्नेवित्तिकै कुटन थाले ।’
घट्नाबारे जानकारी पाएको र हातपात गर्ने प्रहरीलाई कार्वाही गरिने प्रहरी निरीक्षक प्रमोद खड्काले जानकारी दिए । घट्ना हुनु गल्ती भएको भन्दै उनले यस्तो काम गर्ने प्रहरीलाई कार्वाहीगर्ने बताए ।