ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मधेश : चालू आ.ब. २०८१/८२ मा कुन सबारीको कति कर ?


मधेश : चालू आ.ब. २०८१/८२ मा कुन सबारीको कति कर ?

Loading

राजविराज । मधेश प्रदेश सरकारले चालू आ.ब. २०८१/८२ का लागि सवारी कर निर्धारण गरेको छ । प्रदेश सरकारले बनाएको आर्थिक ऐन, २०८१ अनुसार २०८१ साउन १ गतेदेखि २०८२ असार मसान्तसम्म लागू हुने गरी सवारी कर निर्धारण गरेको हो ।
नीजि सबारी र पर्यटक सबारी अन्तर्गत कार, जीप भ्यान, माइक्रो बस १ हजार सीसीसम्मको बार्षिक कर रु २२ हजार, १ हजार १ देखि १५ सय सीसीसम्मको रु २५ हजार, १५०१ देखि २ हजार सीसीसम्म रु २७ हजार, २ हजार १ देखि २५ सय सीसीसम्मको रु ३७ हजार, २५०१ सीसीदेखि २९ सय सीसीसम्म रु ५० हजार र २९०१ देखि माथिका सबै सीसीको बार्षिक रु ६० हजार कर निर्धारण गरेको छ ।
नीजि डोजर, एक्साभेटर, लोडर, रोलर, ट्रिपर, क्रेनजस्ता मेसिनरी उपकरणको बार्षिक रु ४० हजार कर तिर्नुपर्ने हुन्छ ।
अटो रिक्सा, थ्री ह्वीलर र टेम्पोको बार्षिक रु ४ हजार, ट्याक्टरको रु ५५००, पावर टिलरको रु ४५००, मिनी ट्रक, मिनी बसको रु २७ हजार, ट्रक, बस÷ट्यांकरको रु ३५ हजार कर तोकिएको छ ।
१२५ सीसीसम्मको मोटरसाइकलको रु ३ हजार, १२६ देखि १६० सम्मको रु ५ हजार, १६१ देखि २५० सीसीसम्मको रु ६५००, २५१ देखि ४०० सीसीसम्मको रु ११ हजार र ४०१ देखि माथिकाको रु २० हजार कर निर्धारण गरिएको छ ।
सार्वजनिक सबारीमा दर्ता भएका सबारीसाधन अन्तर्गत १ हजार सीसीसम्मको कार, जीप, भ्यान र माइक्रो बसमा रु ११ हजार, १ हजार १ देखि १५०० सीसीसम्मको रु १२ हजार ५००, १५०१ देखि २ हजार सीसीसम्मको रु १३ हजार ५००, २ हजार १ देखि २५०० सीसीसम्मको रु १४ हजार ५००, २५०१ देखि २९०० सीसीसम्मको रु १६ हजार ५००, २९०१ देखि माथिका सबै सीसीका सबारीको रु २० हजार कर तोकिएको छ ।
डोजर, एक्साभेटर, लोडर, रोलर, क्रेनजस्ता सार्वजनिक मेसिनरी उपकरणको भने २१ हजार कर तिर्नुपर्ने हुन्छ ।
यस्तै, सार्वजनिक सबारीमा दर्ता भएका अटो रिक्सा, थ्री ह्वीलर, टेम्पाको रु ४ हजार, ट्याक्टरको रु ५ हजार ५००, पावर टिलरको रु ४ हजार, मिनी ट्रक, मिनी बसको रु १५ हजार ५००, मिनी ट्रिपरको रु १५ हजार, ट्रक/बस/ट्यांकर/ग्यास बुलेटको रु २० हजार कर निर्धारण गरिएको छ ।
ऐन अनुसार नेपाल सरकार, मधेश सरकार, स्थानीय तह र जिल्ला समन्वय समिति एवं सार्वजनिक संस्थानको नाममा दता भएका सबारी साधनलाई सार्वजनिक दर्ता भएका सबारी साधनमा लाग्ने सरह कर लाग्नेछ ।
विद्युतिय सबारीमा कति ?
नीजि विद्युतिय सवारी साधन अन्तर्गत मोटरसाइकल/स्कुटर/मोपेडको रु २ हजार, १ हजार वाटदेखि १५०० वाटसम्म रु २५ सय र १५ सय वाटमाथिकाको रु ३ हजार कर निर्धारण गरिएको छ ।
कार/जीप/भ्यान/माइक्रो बस र बस अन्तर्गत १० किलो वाटदेखि ५० वाटसम्मकाको रु ५ हजार, ५० किलो वाटदेखि १२५ किलो वाटसम्मकाको रु १५ हजार, १२५ किलो वाट देखि २०० किलोवाटसम्मको रु २० हजार र २०० किलो वाटभन्दा माथिकाको रु ३० हजार अटो रिक्सा÷इ रिक्साको रु ३ हजार कर निर्धारण गरिएको छ ।
यो ऐनमा सार्वजनिक तथा भाडाका विद्युतिय सबारीमा उल्लिखित दर रेटमा ५० प्रतिशत छुट दिइनेछ ।
यस्तो अवस्थामा लाग्ने छैन कर
मधेश प्रदेश सरकारले कर नलाग्ने व्यवस्था पनि ऐनमा गरेको छ । सबारी साधन बिग्रेको वा अन्य कुनै कारणबाट सो सबारी साधन चलाउन नपाएको भनी मधेश प्रदेश सरकारले ठह¥याएको कुनै व्यक्ति वा संस्थाको नाममा दर्ता भएको सवारी साधनको कर नलाग्ने ऐनमा उल्लेख गरिएको छ ।
ऐनमा सामुदायिक विद्यालयले आफ्नो नाममा रहेको विद्यार्थी ओसार्न प्रयोग गर्ने बस, मिनी बस तथा माइक्रो बसमा लाग्ने सबारीसाधन करमा ५० प्रतिशत छुट दिने उल्लेख छ ।
जुनसुकै सवारी साधनका धनीले चाहेमा लाग्ने सवारीसाधन कर प्रचलित दरका आधारमा एकमुष्ठ रुपमा पाँच बर्षसम्मका लागि एकै पटक भुक्तानी गरी नवीकरण गराउन सक्ने प्रावधान ऐनमा गरिएको छ । यसो गर्दा १० प्रतिशत छुट दिइनेछ ।
दमकल, एम्बुलेन्स तथा शव बाहनलाई करको दायरामा नराखेको ऐनले सार्वजनिक संग्रहालयमा प्रदर्शनीका लागि राखिएका २० बर्षभन्दा पुराना सवारीसाधनलाई बार्षिक तिर्नुपर्ने कर नलाग्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

‘राजविराज नपाले सिटिइभिटी भवन निर्माणको टेन्डर गोप्य सूचना जारी गरी लगायो’

Next Post

मधेशमा कांग्रेसका चार र लोसपाका एक मन्त्रीले गरे शपथ ग्रहण

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
मधेशमा कांग्रेसका चार र लोसपाका एक मन्त्रीले गरे शपथ ग्रहण

मधेशमा कांग्रेसका चार र लोसपाका एक मन्त्रीले गरे शपथ ग्रहण

इटहरीमा सप्तरीका व्यक्तिको शव फेला, मोवाइलको लोकेशन देखाइरह्यो ज्यूँदा व्यक्ति भेटिएनन्

इटहरीमा सप्तरीका व्यक्तिको शव फेला, मोवाइलको लोकेशन देखाइरह्यो ज्यूँदा व्यक्ति भेटिएनन्

अध्यक्ष चाैधरीकाे पहलमा आमाको नामबाट नागरिकता पाए सदा दाजुभाइले 

अध्यक्ष चाैधरीकाे पहलमा आमाको नामबाट नागरिकता पाए सदा दाजुभाइले 

मुख्यमन्त्री सिंहद्वारा ११ मन्त्रालयमा छड्के, देखियो कर्मचारीमा लापरबाही 

मुख्यमन्त्री सिंहद्वारा ११ मन्त्रालयमा छड्के, देखियो कर्मचारीमा लापरबाही 

बिपिको स्मृति दिवसमा बृक्षारोपण र विचार गोष्ठी

बिपिको स्मृति दिवसमा बृक्षारोपण र विचार गोष्ठी

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.