ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

इटहरीमा सप्तरीका व्यक्तिको शव फेला, मोवाइलको लोकेशन देखाइरह्यो ज्यूँदा व्यक्ति भेटिएनन्

इटहरीमा सप्तरीका व्यक्तिको शव फेला, मोवाइलको लोकेशन देखाइरह्यो ज्यूँदा व्यक्ति भेटिएनन्

Loading

राजविराज । आफ्ना दाजुको सुनसरीको इटहरीस्थित घर गएका सप्तरीका एक व्यक्तिको शव भेटिएको छ ।
सप्तरीको तिरहुत गाउँपालिका वडा नम्बर ४ डिमन घर भएका बिरेन्द्र यादव इटहरी उपमहानगरपालिका वडा नम्बर १४ मा मृत भेटिएका हुन् । गत ३१ असारमा उनी मृत भेटिएको परिवारजनले बताएका छन् ।
५१ बर्षीय यादव २७ असारमा इटहरीस्थित आफ्ना दाजु दीपनारायणको घर गएका थिए । प्रहरी नायव निरीक्षक रहेका आफ्ना दाजुको घरमा राति सँगै खाना खाएर सुतेका थिए उनी । तीन तल्ले घरमध्ये बीचको तल्लामा उनी सुतेका थिए ।
बिहान उठेर हेर्दा उनी घरमा थिएनन् । दाजु दीपनारायणले वाक गर्न गएको होला भन्ने ठम्याई गरे । ढिलो हुन थालेपछि फोन पनि गरे । तर उनको फोन उठेन् । ‘mगातार ठूलो बुवाले फोन गर्दा पनि फोन उठेन्’ मृतकका छोरा नितेशले भने, ‘यो जानकारी पाएपछि मैले पनि फोन गरें, तर उहाँको फोन नै उठेन् ।’
नितेशका अनुसार ठूलो बुवाले भनेपछि जिल्ला प्रहरी कार्यालय, सप्तरीमा पनि गएर जानकारी गराइयो । तर यहाँका प्रहरीले ढिलो नगरी इटहरी प्रहरी समक्ष पुग्न भनेपछि त्यहीं पुगेर इलाका प्रहरी कार्यालय इटहरीमा निवेदन दिएको उनले बताए ।
‘निवेदन दिनासाथ प्रहरीले बुवाको मोवाइल ट्रेसिङ गर्दा इटहरीमै देखियो । तर खोजी गर्दा भेटिनुभएन्’ नितेश भन्छन्, ‘हामी पनि चारैतिर खोजी ग¥यौं ।’
प्रहरीले मोवाइल ट्रेस गर्दा इटहरीमै देखाउने र व्यक्ति फेला पर्न नसकेको उनको भनाई छ ।
बिरेन्द्रको शव भेटिनुअघि आईतबार साँझ धनकुट्टाको छिन्ताङमा मोवाइलको लोकेशन देखिएको थियो । ‘त्यहाँको लोकेशन देखिएपछि हामी भोलिपल्ट त्यहाँ जाने सोंच बनायौं’ नितेशले भने, ‘तर, शव नै भेटिएपछि हामी तनावमा आयौं ।’
मृत भेटिएका बिरेन्द्रको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरिएको छ । उनको शवलाई कोशी व्यारेजमा अन्तिम संस्कार गरिएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डीएसपी टेकबहादुर कार्कीले भेटिएको यादवको शवलाई पोष्टमार्टम गराई आफन्तलाई बुझाइएको बताए । ‘पोष्टमार्टमको रिपोर्ट आएपछि केहि भन्न मिल्छ’ उनले भने, ‘अन्य अनुसन्धान भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Related

Previous Post

मधेशमा कांग्रेसका चार र लोसपाका एक मन्त्रीले गरे शपथ ग्रहण

Next Post

अध्यक्ष चाैधरीकाे पहलमा आमाको नामबाट नागरिकता पाए सदा दाजुभाइले 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
अध्यक्ष चाैधरीकाे पहलमा आमाको नामबाट नागरिकता पाए सदा दाजुभाइले 

अध्यक्ष चाैधरीकाे पहलमा आमाको नामबाट नागरिकता पाए सदा दाजुभाइले 

मुख्यमन्त्री सिंहद्वारा ११ मन्त्रालयमा छड्के, देखियो कर्मचारीमा लापरबाही 

मुख्यमन्त्री सिंहद्वारा ११ मन्त्रालयमा छड्के, देखियो कर्मचारीमा लापरबाही 

बिपिको स्मृति दिवसमा बृक्षारोपण र विचार गोष्ठी

बिपिको स्मृति दिवसमा बृक्षारोपण र विचार गोष्ठी

डाक्नेश्वरीका मेयरद्वारा पोखरी घाटको लागत रकम नगरपालिकालाई व्याजसहित फिर्ता

डाक्नेश्वरीका मेयरद्वारा पोखरी घाटको लागत रकम नगरपालिकालाई व्याजसहित फिर्ता

सांसद दिनेशको सप्तरीबारे जिज्ञासा, प्रधानमन्त्रीको सकारात्मक प्रतिबद्धता

सांसद दिनेशको सप्तरीबारे जिज्ञासा, प्रधानमन्त्रीको सकारात्मक प्रतिबद्धता

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.