राजविराज । नेपाल प्रेस युनियन, सप्तरीले पत्रकार नवीन कुमार गुप्तालाई ज्यान मार्ने धम्की दिनेलाई कार्वाही गर्न माग गरेको छ ।
युनियनले मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो ।
दिइएको धम्कीको निन्दा गर्दै युनियनका सह सचिव परिश कर्णले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘धम्की दिनेलाई कार्वाही नगरिए युनियन आन्दोलनमा उत्रनेछ ।’
जिल्लाको महादेवा गाउँपालिकामा भएको विद्युतीकरणमा अनियमितता सम्बन्धी राजविराज दैनिक पत्रिकामा समाचार लेखेकै कारण महादेवा
गाउँपालिकाका अभिषेक मण्डलले गुप्तालाई ज्यान मार्ने धम्की दिएका छन् ।
पत्रकार गुप्ताका अनुसार मण्डलले फोन गरेर समाचारमा मेरो नाम किन हालेको भन्दै ज्यान मार्ने धम्की दिएका हुन् ।
पत्रकार गुप्ता नेपाल पत्रकार महासंघका काेषाध्यक्ष र नेपाल प्रेस युनियनका उपाध्यक्ष हुन् ।
यस अघि नेपाल पत्रकार महासंघका अध्यक्ष श्रवणकुमार देव र सचिव रामनारायण विश्वासले जिल्ला प्रहरी प्रमुख एसपी गजुसिद्दी बज्राचार्यलाई निवेदन दिदै
धम्की दिनेलाई कानुन अनुसार कार्वाही गर्न माग गरेका छन् ।