राजविराज । सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलले पत्रकारको माइक खोस्दै दुव्र्यवहार गरेका छन् ।
केही वडा अध्यक्षसहितका जनप्रतिनिधि र स्थानीयले अध्यक्षविरुद्ध शुरु गरेको आन्दोलनको रिपोर्टिङ गर्न गएका पत्रकारलाई पालिका अध्यक्ष मण्डलले मंगलबार यस किसिमको दुव्र्यवहार गरेका हुन ।
पत्रकार महासंघ सप्तरीका सचिव समेत रहेका कान्तिपुर टीभी संवाददाता विश्वासले पालिका अध्यक्षले माइक खोसेका हुन् ।
विश्वाससँगै पत्रकार महासंघका जिल्ला कोषाध्यक्ष नवीन गुप्ता र नेपाल समाचार पत्रका स्थानीय संवाददाता विद्यानन्द रामलाई अध्यक्ष मण्डलले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा केहीबेर दुर्व्यवहार पनि गरेका छन् ।
घटनाको नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवले भत्सर्ना गरेका छन् ।
समाचार संकलनमा खटिएका पत्रकारको माइक खोस्दै दुव्र्यवहार गर्नु प्रेस स्वतन्त्रताको हनन भएको उनले बताएका छन् ।
उनले पत्रकारको माइक खोस्दै दुव्र्यवहार गर्ने पालिका अध्यक्षलाई कार्वाहीको माग गरेका छन् ।