हे कृष्णा ! हे यादव !! हे शखे !!!
हामी श्रीकृष्णको अर्चना र आराधना गर्दछौं । श्रीकृष्ण चन्द्र वंशको ४६ औं पुस्तामा जन्म भएको विद्वानहरुबाट उल्लेख भएको पाइन्छ । चन्द्र वंशकै एक शाखा महाराज यदुले संगठन गरी चलाएको बुझिन्छ । जसलाई यादव यदुवंशी भनिन्छ । पौराणिक कथा भने यस्तो छ ।
आर्यावर्तका संस्थापक महाराजा यतातिको दाम्पतीय गुरु शुक्राचार्यकी सुपुत्री देवयानीसित गाँसीए देवयानीकै सँगमा वहाँकी सखी, दैत्य राजा वृषप्रभाकी पुत्री सर्मिष्ठा पनि आफनो सखी सँग राजा यताति को घर आएकी थिइन् । देवयानी र सर्मिष्ठामा दिदी बहिनी जस्तो प्रवृत्ति थियो । सर्मिष्ठा आफनो माइती र देवयानीको ससुराली ओहर दोहर गर्दथिन । देवयानीको गर्भबाट यदुको जन्म भएको थियो भने सर्मिस्ठा पनि गर्भवती भईन र पुरुको जन्म दिइन् । देवयानीलाई यो कुरा मन परेन् । र, आफनो पिताश्री गुरु शुक्राचार्यलाई गुनासो गरी सुनाइन् । गुरु शुक्राचार्यले राजा यतातीलाई श्रार्पित गरे । यसपछि यतातीका युवा अवस्था हरण भयो । राजा यताती गुरु शुक्राचार्य सित धेरै प्रार्थना गरी क्षमायाचना मांगे ।
यसपछि गुरु शुक्राचार्यले भने, ‘तपाईकै दुवै छोराहरु यदु र पुरु मध्ये कुनै पनि एउटाले आफनो यौवन तपाईलाई प्रदान गर्दछ भने तपाई फेरी युवा बन्नुहुनेछ ।’
यतातिले दुवै छोराहरुलाई भने, ‘तिमी दुईमध्ये जसले मलाई युवा अवस्था दिन्छ, त्यसलाई म आफनो उत्तराधिकारी बनाउँछु ।’
यसपछि उनका छोरा यदुले भने, ‘यो अनैतिक हुनेछ । पुत्रको यौवन बुवाले प्रयोग गर्ने ?’ भन्दै मानेनन् ।
यदुले राजसिंहासन पाएनन् । राजसिंहासन विहीन राज्यको दक्षिणी भेग यदुको अंशमा गयो । यहाँ यदुलाई जीवन यापन हेतु संघर्ष गर्नुप¥यो । एक पटक समुन्द्री यात्रा गर्दा धुवाँ जस्तो कालो धुम्रवर्ण नामका नाग राजाका नाग फाँसमा यदु फसेका थिए । यदुलाई बाहीर गरी नागराजले आफनो पंचकन्या (पाँच वटा छोरी) हरुसित विहे गराएका थिए । यदु र यी पंचकन्याहरुबाट सात वटा परिवार श्रृजित भएर यिनीहरु सात परिवारहरु यादव, यदुवंशी, यदुका पुत्र कहलिए ।
कालान्तरणमा यी सात परिवारहरु ठूला–ठूला राज्य साम्राज्य स्थापित गरि छत्तिस कोटी यदुवंशीहरुको संघ श्रृजित गरे । जसमा श्रीकृष्ण, अक्रुर जी, कृतवर्मा जस्ता प्रतिभावानहरु जन्मेका थिए । महाभारत सम्ममा ऐश्वर्य र वैभवका प्रकाष्ठामा पुगेका थिए । सुनको द्वारिका बनाएका थिए । रत्नहरुको भण्डार अर्जित गरे । तर महाभारत र श्रीकृष्णको अवसान पछि सारा वैभव ध्वस्त भए । द्वारिका समुन्द्रमा डुवे । यादवी संग्राम भए । मदमा यादवहरु एक अर्कालाई काटिए महाभारत पछि गंधारी कौरवकी आमाले दिएकी श्राप फलित भए । यादव उजरदै बस्दै क्रममा पहिला गंधार( हाल अफगानिस्तान), त्यहाँ ठूलो भुभागमा अधिकार गरे, पछि उजरे त्यस पछि शहीलवान पुर (हाल पाकिस्तान मा ठुलै इलाकामा आधिपत्य गरे ।
त्यहा भट्टी भन्ने वरो नाम्वर शासक (राजा) भएका थिए । भट्टी राजाकै नामबाट त्यहाँका यदुवंश चल्न थाल्यो । त्यहाँ पनि अलाउद्दीन खिलजी सित भिडन्त भए अनि उजरे । अव आएर हाल राजस्थानमा रहेका जैसलमेर मा आएर वसे । यहाँ पनि मोगोरी सित भिर्नु पर्यो । केहि मानेमा विस्थापित भए। तर हाल सम्म यहाँ तयो भट्टी वंश छँदैछ । यस वंश लाई राजपूत अन्तर्गत पनि बुझिन्छ ।
अव हालका यो नव यादव वंश यादवहरु बारे केहि तथ्य सहितका अनुमान ः
भारतमा १८५७ ई. मा भएका सिपाही विद्रोह जो मुगल अन्तिम वादशाह बहादुर शाह जफर को नेतृत्वमा भएका बुझिन्छ । उक्त विद्रोह दवाउन मा नै जङ्गबहादुर राणा लखनउ लुट गरे र अंग्रेजहरुको विश्वास पात्र बनेर चार जिल्लाहरु बाँके, बर्दिया, कैलाली, कंचनपुर नयाँ मुलुकको नाउमा कमाएका थिए । अंग्रेजहरु कुटनीतिका रुपमा हिन्दु धर्म बमोजिमका आफ्ना खैरख्वाह हितैसीहरु मार्फत विभिन्न वर्ण जातिहरु बनाउन लगाए । धार्मिक अनुष्ठान गरेर विद्वानहरु लगाएर नबजातीहरु पुनः निर्माण हुने भए। पुरानो परम्परा पुर्नजागरण गरी सवेंदनशील बनाई यस्ता कार्यहरु प्रारम्भ भयो । हिन्दु धर्मलाई मात्र होइन विभिन्न आदिवासी, जनजाति समुदायहरुलाई पनि विभाजीत गरी आफ्नो अनुकुल हुने प्रयास गरे । यो क्रम भारत आजाद नहुन्जेल जोर शोरले चल्यो । भारतबाट अंग्रेज गएपछि त्यहाँका सतासिन दलहरुले पनि आफ्नो अनुकल गरी यो गतिविधि जारी राखेका छन् ।
हाम्रो देशमा पनि खुल्ला सिमाना र वेटी–रोटीको सम्बन्ध भएको हुँदा उताका प्रभाव पर्नु स्वभाविक छ । सन् १९७१ ई. मा पारीतिर फुलपरास (मधुवनी जिल्ला विहार) मा भएका भारत नेपाल सिमावर्ती यादव महासभाको सम्झना आउँछ । हाल हरियाणा (भारत) का अहिर राजाले प्रमुखता गरेका थिए ।
बिशेष ः नव÷नयाँ यादव निर्माणमा मुरहो गाँउ मधेपुरा, विहार भारत निवासी स्व. राम बिहारी लाल मण्डलको बिशेष प्रयास बुझिन्छ । उहाँ अखिल भारतीय यादव महासभाको संस्थापक अध्यक्ष हुनु भएको थियो । उहाँ व्रिटिश राजका विश्वास पात्र हुनुहुन्थ्यो । पछि अंग्रेजसित उहाँको मतभेद भएको थियो ।
छोटकरीमा ः
हुन त हाम्रो नेपालको इतिहासमा गोपाल, महिसपाल, वंशको शासन बारे उल्लेख छ । त्यसका शिलालेखहरु पनि पुरातत्व विभागमा रहेको बुझिएको छ । श्री कृष्णले आफ्ना केही सखाहरु संग (हाल काठमाण्डौं उपत्यका) तत्कालिन नागदहबाट जल निष्काशन गरी गोपालहरुको राज्य बसाएका जनश्रुति र धार्मिक कथाहरुबाट बुझिन आउँछ । गोपाल वंश नावल्द भए अनि भांजा वंश महिसपालहरुको राज्य हुने भएका थिए । त्यसका अन्तिम राजा भुवन सिंहलाई मारेर किराँतहरुले राज्य शुरु गरे । इतिहासविदहरुले कृष्ण, रुक्म्मिणी पुत्र प्रदुमनको पनि काठमाण्डौं उपत्यकामा आगमन भएको इंगित गरेका छन । प्रदुमनले वनाएका शिखर नारायणको मन्दिर बारे पनि चर्चा भएको रहेछ । जे भए पनि कालका धेरै अन्तराल भएको हुँदा उपरोक्त बारे प्रमाण सिद्ध तथ्यहरु फेला पार्नु गाह्रो छ । हाल यदुवंश श्री कृष्णका जीवन चक्र र उहाँको गितोपदेश सित गाँसिएका रहेको छ । श्री कृष्ण बारे विभिन्न किमंबन्ती काल्पनिक कथाहरु जनमानसमा प्रचलित छन् ।
एउटा प्रसंग ः–अमेरिकाको सिकागोमा विश्व धर्म सम्मेलनमा हिन्दु धर्मको प्रतिनिधि स्वरुप स्वामी विवेकानन्द सहभागि हुनुभएको थियो । स्वामीज्युबारे नकारात्मक हुँदै ईसाई प्रतिनिधि पादरी थरमनले भनेका थिए, ‘हिन्दु धर्मको कुनै आधार छैन । हिन्दुहरुले कृष्णलाई भगवान मान्दछन् । जो चरित्रहिन थिए । हजारौ नारीहरु सँग उनको अवैध सम्बन्ध थियो । कति न कति उनकी पत्नीहरु थिए ।’
जब स्वामीजीको बोल्ने पालो आयो उहाँले भन्नुभयो, ‘श्रीकृष्णले हजारौ नारीहरुलाई पत्नी र उनको सन्तानहरुलाई संरक्षण दिएकाले नै भगवान भएका थिए । उहाँ पतिताहरुको पति भए र अनाथहरुको नाथ भएका थिए ।’
यो सुनेर सबै श्रोताहरुले तालि मारेका थिए । अनि हिन्दु धर्मको जय जयकार भएको थियो ।
महोदय, आजको यो नयाँ यादव आफ्ना पुराना सनातन हिन्दु धर्म प्रथाबाट बेग्लै भएका छन् । आर्य समाज पद्धति अंगालेका छन् । जो जाति प्रथामा विश्वास गर्दैन ।
कुनै किसिमका भगवत अवतार मान्दैनन् । मुर्ति पूजा गर्दैनन् । आर्य समाजमा श्राद्ध तर्पण पनि हुदैनन् । त्यस पद्धतिमा ब्राम्हण पद्धति मान्दैनन् । पुरान उपनिषदलाई स्वीकार्देनन् । आर्य समाजको मन्दिर पनि हिन्दुहरुबाट बेग्लै हुन्छ ।
उपरोक्त आधारमा अव यो नयाँ यादवहरुलाई के भन्नु ?