ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीबाट यसरी समातिए पूर्व डीआइजी र सब इन्सपेक्टर


एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

Loading

राजविराज । जंगली वन्यजन्तु बँदेल मार्ने उच्च ओहोदाका व्यक्ति सप्तरीबाट समातिएका छन् । पक्राउ पर्नेमा नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डीआइजी) देखि पूर्व उपसभामुखका छोरासम्मका व्यक्ति छन् ।

सप्तरी प्रहरीका अनुसार जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ कोशी व्यारेज क्षेत्रमा बँदेल मारेर ट्रैक्टरमा लोड गरी लैजाने क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । उनीहरुलाई बुधबार मध्यराती उक्त ठाउँबाट नियन्त्रणमा लिइएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी ढुण्डीराज न्यौपानेले बताए ।

पक्राउ पर्नेमा नेपाल प्रहरीका पूर्व डिआईजी सुनसरीको इटहरी उपमहानगरपालिका २ बस्ने ज्ञानविक्रम शाह, प्रहरी नायव निरीक्षक सञ्जय न्यौपानेसहितका छन् ।

यस्तै, पूर्व उपसभामुख गंगाप्रसाद यादवका छोरा हनुमाननगर कंकालिनी नगरपालिका–८ निवासी आकाश बहरखेर यादव, नगरपालिकाको वडा नम्बर २ का जर्नादन राउत, वडा नम्बर ५ का ओमशंकर प्रसैला, वडा नम्बर १ का लक्ष्मण मण्डल, वडा नम्बर ३ का शंकर खिडहरी यादव, तिरहुत गाउँपालिका वडा नम्बर २ का लक्ष्मण मण्डल, राजविराज नगरपालिका वडा नम्बर ७ का रविन दास र इटहरी–२ का प्रदीप लिम्बुलाई पक्राउ गरिएको न्यौपानेले बताए ।

स्थानीयका अनुसार पूर्व डिआइजी शाह र वहालवाला सई न्यौपाने लामो समयदेखी कोसीव्यारेज क्षेत्रमा हतियारसहित शिकार खेल्न आउने गरेका थिए ।

न्यौपानेका अनुसार उनीहरुले को २ त ६९ नम्बरको ट्याक्टरमा गोली हानी मारिएको बंँदेल लोड गरेर प्र ३ – ०१– ०२२ च ६८५५ नम्बरको स्कारपियोमा फर्किने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको साथबाट २२ क्यालिवरको राइफल १ थान, म्यागजीन २ थान, गोली १५ राउण्ड, वाइनाकुलर ३ थान, ट्राइपोर्ट १ थानलगायतका हातहतियार बरामद भएको प्रहरीले जनाएको छ ।

अबैध गाँजा तस्करी भईरहेको सूचना पाएपछि त्यस क्षेत्रमा प्रहरी खटिएका प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

यसबारेमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
1
+1
0
+1
0

Related

Previous Post

राजविराजमा रथयात्रा, उल्लेख्य सहभागिता (फोटो फिचर सहित)

Next Post

बँदेलको शिकार गर्ने क्रममा रंगेहात समातिएकाहरु छुटे

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरी प्रहरीको चाडपर्व लक्षित सुरक्षा कार्य योजना–घट्नाको सूचना पाए लगत्तै ५ देखि ७ मिनेटभित्रमा पुग्ने

बँदेलको शिकार गर्ने क्रममा रंगेहात समातिएकाहरु छुटे

सशस्त्र प्रहरी महानिरीक्षकद्धारा बरमझियामा शिक्षालयको उद्घाटन

सशस्त्र प्रहरी महानिरीक्षकद्धारा बरमझियामा शिक्षालयको उद्घाटन

कुमारी बैंकद्धारा दिर्घरोगी ग्राहकलाई बिमा वापतको रकम प्रदान

कुमारी बैंकद्धारा दिर्घरोगी ग्राहकलाई बिमा वापतको रकम प्रदान

लोसपाले सतिश नेतृत्वको सरकारलाई दियो समर्थन

मन्त्रालय घटाइए मुख्यमन्त्रीको जय जय हुन्छ : लाेसपा सांसद महताे

भाउजूको मृत्यु लगत्तै देवरकाे पनि मृत्यु

सप्तरी : नहरको पानीमा डुबेको अवस्थामा कर्णबहादुर मृत भेटिए

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.